
एजेन्सी । स्लोभाकियाको राष्ट्रपतिमा पिटर पेलेग्रिनी निर्वाचित हुनुभएको छ । पश्चिमा समर्थक पूर्वकूटनीतिज्ञ इभान कोर्कोकलाई पराजित गर्दै ५३ प्रतिशत मतका साथ ४८ वर्षीय पेलेग्रिनी विजयी हुनुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका पेलेग्रिनी वर्तमान प्रधानमन्त्री रोबर्ट फिकोको सहयोगी हुनुहुन्छ । रुस समर्थक मानिने प्रधानमन्त्री फिको जस्तै राष्ट्रपतिमा पनि पेलेग्रिनी निर्वाचित हुनुभएको छ ।
यससँगै स्लोभाकियाको संसद्, सरकार र चाँडै नै राष्ट्रपतिको कार्यालयमा फिको र उहाँका सहयोगीको नियन्त्रण हुनेभएको छ । फिको गत अक्टोबरमा प्रधानमन्त्री बन्नुभएको थियो । त्यसअघि स्लोभाकिया युक्रेनको कट्टर सहयोगी हुनुहुन्थ्यो ।
फिकोले युक्रेनलाई पश्चिमी सैन्य सहयोग रोक्न भन्दै तत्काल युद्धविराम गरी मस्कोसँग शान्ति वार्ता गर्न आहृवान गर्नुभएको छ । उहाँले हालै युक्रेनलाई नेटोमा सहभागी गराउनु तेस्रो विश्व युद्धको सुरुवात हुने टिप्पणी गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच