काठमाडौं । हरियो ज्याकेट लगाएर मान्छेहरु खोलामै पसेर काम गरिरहेको दृष्य अहिले सेतोपुल देखि एक टोलि र अनामनगरदेखि माथि एक टोलि देख्न सकिन्छ ।
गत चैत १८ गते देखि धोवीखोला अथवा रुद्रमती र वागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ सुरु भएको थियो । श्रम बैङ्कबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालिएको हो ।
सफाइ हरेक दिन विहान ७ बजेदेखि अपरान्ह २ बजेसम्म हुनेछ । पहिलो चरण अन्तगर्त खोलाको फोहोर उठाएर छेउमा जम्मा गर्दै आएको छ । फोहोर पुर्ण रुपमा जम्मा गरिसकेपछि डोजर लगाएर फोहोर झिकिने छ ।
काठमाडौँमा मुख्य ९ वटा नदी छन् । सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लाष्टिक रहेको छ । यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ । यी मध्ये बागमती नदीको पहिलेदेखि सफाइ भइरहेकोले महानगरपालिकाले यो नदी सफाइ गर्ने योजना बनाएको छैन ।
यसबाहेकका ८ वटा नदीको सफाइलाई नियमित सञ्चालन गरिनेछ ।
मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच