काठमाडौं । नेपालले एसिसी प्रिमियर कपको पहिलो खेल मलेसियासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले १२ अप्रिलमा मलेसियासँग खेल्ने भएको हो । टी-२० फम्र्याटमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा मलेसियासँगै, हङकङ, कतार र साउदी अरब छन् । समूह ‘बी’ मा आयोजक ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन् ।
त्यस्तै, समूह चरणको दोस्रो खेल नेपालले कतारसँग १३ अप्रिलमा खेल्नेछ । हङकङसँग १५ अप्रिल र साउदी अरबसँग १७ अप्रिलमा खेल्दै नेपालले समूह चरणका खेल सक्नेछ । समूहमा शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्ने दुई टोलीले फाइनल खेल्नेछन् ।
यो प्रतियोगिता जित्ने टोली सन् २०२५ मा टी-२० फम्र्याटमा आयोजना हुने एसिया कपमा पुग्नेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) ले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरिसकेको छ । जसमा कुशल भुर्तेल, सन्दीप जोरा, गुलसन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनाश बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच