लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिदै

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिदै हुनुहुन्छ । जसका लागि आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

महरा गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एकजना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन छ । प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

महराले विश्वास मत लिनु अगाडि एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले मन्त्री बनाउने सहमति कार्यान्वयन गर्न दबाब दिएका छन् ।

सरकार गठन हुँदा नेकपा एकीकृत समाजवादीलाई एउटा मन्त्रालय दिने सहमति भएको थियो । तर, मुख्यमन्त्रीले सहमति कार्यान्वयन नहुँदै विश्वासको मत लिन थालेको भन्दै एकीकृत समाजवादीले सहमति कार्यान्वयन नहुँदासम्म विश्वासको मत दिन नसकिने अडान राखेको छ ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले दुईवटा मन्त्रालय नदिए विश्वासको मत नदिने बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?