
सर्लाही । सर्लाहीको चुरेभेगस्थित हरिवन नगरपालिका–१, कोठीखोलामा ‘ड्याम’ निर्माण कार्य सुरु भएको छ ।
राष्ट्रपति चुरे तराई संरक्षण समिति कार्यक्रम कार्यान्वयन इकाइ जनकपुरको सहयोगमा बगेर खेरजाने कोठीखोलाको पानीलाई जम्मा गरेर स्थानीय कृषकलाई सिँचाई सुविधा उपलब्ध गराउने उद्देश्यसहित ड्याम निर्माण कार्य थालिएको हो । ड्याम निर्माण सम्पन्न भएपछि ठूलो जलाशय बन्ने सम्भावना रहेको कार्यान्वयन इकाइ जनकपुरका प्राविधिक कृष्ण साहले बताउनुभयो ।
हरिवन नगरपालिका १ का वडाध्यक्ष टम बहादुर घिसिङले निरन्तरको पहलपछि राष्ट्रपति चुरे तराई संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ जनकपुरले उक्त योजना उपलब्ध गराएको बताउनुभयो । एकवर्ष अघि कोठीखोलाको चुरेडाँडामै बसोबास गरिरहेका ४५ घरधुरीलाई खानेपानीको सुविधा उपलब्ध गराउन सफल भएपछि अब स्थानीयको खेतमा सिँचाईको सुविधा समेत पु-याउने योजना अघि बढाइएको वडाध्यक्ष घिसिङले बताउनु भएको छ ।
४५ मिटर लामो ‘आरसीसी हार्वेष्टिङ ड्याम’ र ३० मिटरको ‘अर्देन ड्याम’ निर्माण हुने अनुमान गरिएको र काम गर्दै जाँदा केही घटबढ पनि हुन सक्ने प्राविधिक साहले बताउनुभएको छ । अनुमानित ३९ लाख रुपियाँ लागतमा २०८० असार ६ गते सम्पन्न गर्ने गरी उपभोक्ता समिति मार्फत सुरु भएको योजनाको नाम ‘रणअफ हार्वेष्टिङ ड्याम’ कोठिखोला राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच