काठमाडौं । यति एयरलाइन्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा दुई वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको छ । सामाजिक सञ्जालहरूमार्फत् ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै शिशुहरूलाई हवाई भाडा शतप्रतिशत छुट गर्ने घोषणा गरेको हो । हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडान अनुभव यति एयरलाइन्समार्फत् नै सुरुवात होस् भनेर यो योजना ल्याइएको यतिले जनाएको छ । हाल एयरलाइन्सले २४ महिनासम्मका शिशुको उडानमा सेवा शुल्क लिँदै आएका छन् ।
यात्रुलाई सुखद उडान यात्राको अनुभव दिन बच्चाको हवाई भाडामा शतप्रतिशत छुट गरिएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । हाललाई यो योजना नेपाली र विदेशी सबै शिशुहरूका लागि सीमित समयका लागि लागू गरिएको एयरलाइन्सले जनाएको छ । यस्तो सुविधा लिन यात्रा गर्दा अभिभावकहरूले यति एयरलाइन्सको चेकइन काउण्टरमा आफ्नो बच्चाको जन्मदर्ता अनिवार्यरूपमा देखाउनुपर्नेछ । यतिले बालबालिका, वृद्ध र फरक क्षमता भएका यात्रुका लागि विशेष काउण्टरमार्फत् सेवा प्रदान गर्दै आएको छ ।
हाल यतिले सातवटा एटिआर-७२ विमानमार्फत् दैनिक ६५ भन्दा बढी उडान गरी चार हजारभन्दा बढी यात्रुलाई सेवा दिँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच