धादिङ । धादिङको निलकण्ठ नगरपालिका-५ खाल्टेमा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
निलकण्ठ नगरपालिका-५ खाल्टेको पतेनीबाट मल बोकेर पतेनी बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा आज बिहान ९ बजे दुर्घटना भएको निलकण्ठ नगरपालिका-५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल लैजाँदै गरेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । पतेनीबाट राम्चे गइरहेको मल बोकेको ट्रक सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनाका कारण ट्रक क्षतविक्षत भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच