काठमाडौं । चलचित्र ‘एक मुठ्ठी बादल’ को ‘इण्डक्लाप’ गरिएको छ । बहुसंख्यक महिलाको संलग्नता रहेको चलचित्र ‘एक मुठ्ठी बादल’, (माइ सेयर अफ स्काई)को छायांकन सकिएको हो । लेखक तथा निर्देशक सहारा शर्माको नेतृत्वमा यो चलचित्रमा पहिलो पटक महिलाले चलचित्र निर्माणका विभिन्न विभागहरूमा प्रमुखको भूमिका निर्वाह गर्नुभएको छ । पोखराका लामाचौर र आसपासका ठाउँमा छायांकन गरिएको यो चलचित्रको २२ दिनमा छायांकन सकिएको निर्माण पक्षले जनाएको छ ।
डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा चलचित्रकर्मीहरू भित्रको महत्वपूर्ण लैंगिक असमानतालाई प्रकाश पारेको थियो । अध्ययनको निष्कर्ष अनुसार, नेपाली चलचित्रमा १० प्रतिशतभन्दा कम महिलाले चलचित्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै निर्माण टिमले महिलाहरू प्रमुख, रचनात्मक र प्राविधिक भूमिकाहरूमा रहनसक्ने वातावरण निर्माणका लागि मुख्य विधामा महिलाको भूमिका चयन गरेको हो ।
साहारा शर्माको लेखन तथा निर्देशन रहेको चलचित्रमा छायांकारको भूमिका लिन ड्यानले निर्वाह गर्नुभएको छ । भियतनामकी ड्यानको यो तेस्रो फिचर चलचित्र हो । उहाँका लागि एक मुठ्ठी बादल पहिलो नेपाली फिचर चलचित्र हुनेछ । यसैगरी प्रडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड, र प्रमुख सहायक निर्देशक मर्णा जेम्स रहनुभएको छ ।
निकुन श्रेष्ठको कार्यकारी निर्माता रहेका चलचित्रलाई अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेनाले संयुत्तरूपमा निर्माण गर्नुभएको हो । गौथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउण्ड टकिजको प्रस्तुति रहेको चलचित्रमा महिला कलाकारलाई नै मुख्य भूमिकामा देख्न सकिनेछ ।
चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाईं, मनिष निरौला, गौरव विष्ट, सहयोग राज अधिकारी, अविरलप्रताप अधिकारीलगायतका कलाकारको अभिनय छ । चलचित्रलाई अर्को वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच