
काठमाडौं । डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा तारा मानन्धर नियुक्त हुनुभएको छ । मानन्धरले डिस मिडिया नेटवर्कको कार्यभार सम्हालेर व्यवस्थापनलाई सुदृढ बनाउँदै कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवा थप गुणस्तरीय बनाउन प्रमुख भूमिका खेल्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।
२५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका मानन्धर फरक क्षेत्रको व्यवस्थापनको भूमिकामा आउनुभएको हो । पछिल्लो समय युएईको मस्रेक बैंकका लागि नेपालको नायब प्रतिनिधिको जिम्मेवारीमा रहनुभएका मानन्धरले प्राइम कमर्सियल बैंक, मुक्तिनाथ विकास बैंक तथा प्रभु बैंकको उच्च तहमा रहेर काम गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट एमबिए गर्नुभएका उहाँले पोखराको पिएन क्याम्पसबाट ब्याचलर्स र स्याङ्जाको पिताम्बर माविबाट एसएलसी पूरा गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच