काठमाडौं । नेपाली समाजमा मुख्यतया मागी विवाह र प्रेम विवाह चर्चामा छन् । अन्य विवाहका प्रकार समुदाय अनुसार फरक–फरक हुन्छन् । कतिले मागी विवाह गर्छन् त कतिले प्रेम विवाह ।
पछिल्लो समय मागि भन्दा धेरै प्रेम विवाहको चर्चा छ । प्रेम विवाहमा केटाकेटीले विवाह पूर्व नै एक अर्कालाई राम्रोसँग चिनेका हुन्छन् । भने मागी विवाहमा एक अर्कालाई चिन्ने अवसरका कम प्राप्त हुन्छ । यस्तो अवस्थामा कतिपयले जिवनसाथी छनोट गर्न नसक्दा जिन्दगीभर नै पछुताउनु पर्ने अवस्था हुन्छ । त्यसैले बिहे गर्नुअघि एकअर्कालाई मन पर्ने(नपर्ने कुरामा ध्यान दिनुपर्छ ।
मागी विवाहमा अभिभावकले खोजेका योग्य उम्मेदवारसँग जोडी गाँसिन्छ । केटाकेटीको कुल, पढाई, धन, जागीर सबै कुराहरुको बारेमा जानकारी लिएर मात्र अभिभावकले विवाहको निर्णय गर्छन् । मागी विवाह गर्दा केके कुरामा ध्यान दिनपर्छ भन्ने बारे यहाँ चर्चा गरिएकाे छ ।
- वैवाहिक जीवनमा उतार–चढाव आइरहन्छन् । तिनको सामना गर्न आफूले विवाह गरिरहेको मान्छे सक्षम छन्–छैनन्, बुझ्नुपर्छ ।
- बिहेका लागि तयार छन्–छैनन्, बुझ्नुपर्छ । पहिलो पटक भेट्दा मात्र होइन दुई–चार पटकको भेटमा पनि उनको इच्छाबारे जान्नुपर्छ । पारिवारिक दबाबमा गरिरहेको भए बिहे नगर्दा ठीक हुन्छ ।
- गलत निर्णय लिनुभन्दा समय छँदै सही निर्णय लिनुपर्छ । अभिभावकलाई आफूले चाहेको के हो भन्ने कुरा खुलस्त बताउनुपर्छ ।
- कुराकानी गर्दा हुन गइरहेको जीवनसाथीसँग सहज महसुस हुन्छ कि हुँदैन, त्यसमा पनि ध्यान दिनुपर्छ ।
- बिहे गर्न लागेको केटा–केटीलाई मन पर्ने–नपर्ने कुराबारे बुझ्नुपर्छ । बिहे गर्नुअघि एकअर्कालाई राम्ररी बुझ्न जरुरी हुन्छ ।
- बिहे गर्न लागेको मान्छेले अर्काको भावनाको सम्मान गर्छन्–गर्दैनन्, यो पनि हेर्नुपर्छ । उनले अरूसँग गर्ने व्यवहारबाट सम्मान गर्छन्–गर्दैनन् भनेर बुझ्न सकिन्छ ।
- मागी विवाहमा कयौ कुरा एडजस्ट गर्नुपर्छ । त्यसका लागि वर-वधु दुवै जना तयार हुनुपर्छ ।
- प्रेमको आधार भनेको नै विश्वास हो । पार्टनरलाई विश्वास गर्नुपर्छ र उसको भरोसालाई पनि कायम राख्नुपर्छ । धैर्यतापूर्वक काम लिनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच