![कार्यसम्पादन मूल्यांकनमा भोजपुरको हतुवागढी पहिलो पालिका](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/Aayog.jpg)
-पुरन साह
जनकपुरधाम । मधेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रिपरिषदमा हेरफेर गरेको छ । मंगलवार मुख्यमन्त्री यादवले चौथो पटक बिश्वासको मत लिने क्रममा आफुले रोजेको मन्त्रालय पाउनुपर्ने अडान लिएको माओवादीलाई थप एक मन्त्रालयसहित माओवादीका दुई र नेकपा एसका एक गरी तीन मन्त्री र एमालेका एक राज्यमन्त्री नियुक्त गर्नुभयो ।
माओवादी संसदीय दलको नेता भरत साहलाई बिना बिभागिय मन्त्रीमा र यसअघि माओवादीसंगै रहेको उद्योग बाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवको ठाँउमा युवराज भट्टराईलाई नयाँ मन्त्री नियुक्त गरिएको छ । नेकपा एसकी बेचि लुंगेलीलाई बिना विभागिय मन्त्री बनाइएको छ । साहले अर्थ र भौतीक पुर्वाधारमा दावी गरेपछि कुरा नमिलेकाले तत्काल बिना विभागिय बनाइएको छ ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाउनु भयो । एमालेबाट गृह, सञ्चार तथा कानुन राज्यमन्त्री बन्नुभएकी शारदा देवी थापालाई मुख्यमन्त्री यादवले सपथ ग्रहन गराउनु भयो ।
बिश्वासको मत दिने क्रममा संघीय सरकारका नेतृत्वकर्ता माओवादीका नेताहरु असन्तुष्ट बनेपछि मुख्यमन्त्रीलाई हम्मे परेको थियो ।
स्रोतका अनुसार पछि प्रधानमन्त्री प्रचण्डको समन्वयमा रोजेको मन्त्रालय दिने सहमती भएपछि माओवादीले मुख्यमन्त्रीलाई बिश्वासको मत दिन सहमत भएको थियो । त्यसो नभए आफै मुख्यमन्त्री बन्न पहलकदमी लिने माओवादीको रणनीति थियो । १६ महिनाको अन्तरालमा मुख्यमन्त्री यादवले ११औं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।
केन्द्रमा गठबन्धनमा आएको फेरबदलसँगै १६ महिनामा जनता समाजवादी पार्टी (जसपा)का मुख्यमन्त्री यादवले चार पटक विश्वासको मत लिन बाध्य हुनु भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच