
राष्ट्रसंघ । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (युएनओसिचएचए) ले बुधबार प्यालेस्टिनी क्षेत्रका लागि २.८२२ अर्ब अमेरिकी डलरको फ्ल्यास अपिल सार्वजनिक गरेको छ । उक्त रकम यस वर्षको अन्त्यसम्ममा पूर्वी जेरुसेलमसहित गाजा र वेस्ट ब्यांकका ३.१ मिलियन मानिसहरूलाई सहायता गर्न प्रयोग गरिने युएनओसिएचएले जनाएको छ ।
कार्यालयले उक्त प्रक्रियाका लागि सञ्चालित अवस्थाहरूमा ठूला परिवर्तनहरू हेर्न आवश्यक रहेको जनाएको छ । मानवीय संस्थाहरूले गाजापट्टी र वेस्ट ब्यांकका पीडितहरूलाई आवश्यक सुरक्षित र दिगो पहुँच हुनुपर्ने पनि जनाएको छ ।
कार्यालयले भनेको छ, ‘गाजामा थप प्रवेश र आपूर्ति मार्गहरू चाहिन्छ, अशदोद बन्दरगाहको प्रयोग पनि चाहिन्छ । उनीहरूलाई गाजाभित्र आवागमनमा अवरोध नियन्त्रण र सहायताका लागि भिसा र अनुमतिहरू समयमै प्रदान गरी मानवीय वस्तुहरू ल्याउन सक्षम हुन आवश्यक छ ।’
गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक आक्रमणको प्रतिक्रियामा इजरायलले गाजामा हमासविरुद्ध ठूलोमात्रामा सैन्य आक्रमण गर्दा एक हजार दुई सय मानिस मारिए भने दुई सयभन्दा बढीलाई बन्धक बनाइएको थियो ।
इजरायली आक्रमणले अहिलेसम्म ३३ हजार सात सयभन्दा बढीको मृत्यु भएको छ भने ७६ हजारभन्दा बढी घाइते भएका छन् । रासस/सिन्हृवा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच