
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ निर्माणको घोषणा गरिएको छ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माण घोषणा गरेको हो ।
सेभेन सिज सिनेमाज्को प्रस्तुतिमा बन्न लागेको चलचित्रलाई विसं. २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । चलचित्रको सार्वजनिक मोसन पोस्टरमा सारंगीको मिठो धुन अनि पहाडको बाटो अगाडि बुढो रुख नजिकै देखिन्छन्, एक व्यक्ति । जसले काँधमा झुण्ड्याएको छ सारंगी । पोस्टरबाट चलचित्रले सारंगी बजाउँदै हिँड्ने गाइने समुदायको बाध्यता र सन्तानप्रतिको त्यागको कथा उठाउन लागेको अनुमान गर्न सकिन्छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो चलचित्रलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दै हुनुहुन्छ । रमेश चौलागार्इं र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त शिवाकोटीको संगीत रहने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच