काठमाडौं । दक्षिण एसियाली कुराशमा नेपालले दुई स्वर्ण र तीन रजत पदक जितेको छ । भारतको केरलामा वैशाख ७ देखि ८ गतेसम्म भएको प्रथम दक्षिण एसियाली कुराश प्रतियोगितामा नेपालले दुई स्वर्ण र तीन रजत पदक जितेको हो । नेपालका लागि योगेन्द्र विष्टले ८१ केजी समूहमा र दीक्षा मगरले ४४ केजी समूहमा स्वर्ण पदक चुम्नुभएको हो ।
त्यसैगरी दीपिका अचाजूले ८७ केजी समूहमा, परी घर्ती क्षेत्रीले ६३ केजी समूहमा र अर्जुन क्षेत्री ६० केजी समूहमा रजत पदक जित्न सफल हुनुभयो ।
दीक्षा र योगेन्द्र दुवैले फाइनलमा भारतीय खेलाडीलाई हराउनुभएको थियो । दीक्षा मगर जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो । च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । दुईदिने प्रतियोगितामा आयोजक भारत, नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका खेलाडी सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच