
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-६, बुल्म अर्लाबोट निवासी मोटे कुमालको घरमा आगलागी हुँदा घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
विभिन्न स्थानमा दुई दिन अघि भएको आगलागीबाट यस गाउँपालिकामा ठुलो क्षति भएको थियो । सोमबार मध्याह्न १२:०० बजेको समयमा कुमालको घरमा सोलार प्यानल अचानक पड्किदा आगो लागेको हो ।
ढुङ्गा, माटो, टिनको छानो भएको दुई तले कच्ची घर र कटेरो नजिक रहेको सोलर प्यानल अचानक पड्किदा आगो लागी घरभित्र रहेको अन्नपात, लत्ताकपडा, काठदाउरा ,भाडाकुडा र एक बाख्रा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो ।
कुमालको घरमा आगलागी भएको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोस्ट धनार्जेका प्रहरी वरिष्ठ हवल्दार पिताम्बर बस्नेत कमाण्डमा तीन जनाको टोलि घटनास्थलमा पुगेसंगै दमकलसहित जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको बताइएको छ ।
आगलागीबाट अन्दाजी ५–६ लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच