बैतडीको शिवनाथ गाउँपालिकाले भूकम्प प्रभावितलाई सहयोग गर्ने

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाले भूकम्प प्रभावितहरूलाई राहत स्वरुप आर्थिक सहयोग गर्ने भएको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई १ लाख २५ हजार रुपैँया राहत स्वरुप उपलब्ध गराउने भएको हो ।

आइतबार बसेको कार्यपालिका बैठकले राहत स्वरुप उक्त उपलब्ध गराउने निर्णय गरेको शिवनाथ गाउँपालिकाका सूचना अधिकारी महेश महताले जानकारी दिनुभयो । जाजरकोटलाई ७५ हजार तथा रुकुम पश्चिमलाई राहत स्वरुप ५० हजार रुपैँया सहयोग उपलब्ध गराउने एक प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाले जनाएको छ ।

जाजरकोट र रुकुम पश्चिम जिल्लाको जिल्ला विपद् व्यवस्थापनलाई सो रकम उपलब्ध गराइने गाउँपालिका अध्यक्ष कर्ण सिह साउदले बताउनुभयो । दुःखको यस घडीमा पालिकाबाट सद्भाव स्वरूप तत्काल राहतका लागी जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको उपलब्ध गराउन लागिएको अध्यक्ष साउदले जानकारी दिनुभयो ।

शुक्रबार राती ११ः ४७ बजे जाजरकोट केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परि एक ५७ जनाको मृत्यु भएको थियो भने एक सय ७० जना घाइते भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?