
बैतडी । बैतडीमा स्थानीयले थापेको पासोमा परेको चितुवा उद्धार गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको उद्धार टोलीले पासोमा परेको चितुवाको मंगलाबार उद्धार गरेको डिभिजन बन कार्यालय बैतडीका प्रमुख दिलिपकुमार यादवले जानकारी दिनुभयो ।
पशु चिकित्सकहरुले घाइते चितुवाको सामान्य उपचार गरेपछि त्यहीको सिगास संरक्षित बनमा छाडिएको उहाँले बताउनुभयो । पासोमा अड्किएको खुट्टामा सामान्य चोट रहेको मात्रै रहेकाले जंगलमा छाडिएको हो । स्थानीयहरुले उद्धार टोलीसंगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाउन भनेपनि बच्चा नै भएकाले त्यस्तो केही खतरा नभएकाले त्यहीको जंगलमा छाडेको प्रमुख यादवले जानकारी दिनुभयो ।
सोमबार जिल्लाको सिगास गाउँपालिका ९ चुवाँ भेरीखोला भन्ने स्थानमा स्थानीय थापेको पासोमा चितुवा परेको थियो । अन्दाजी २ बर्षको चितुवालाई स्थानीयहरुले देखेपछि प्रहरी र डिभिजन वन कार्यालयलाई खबर गरेका थिए ।
सो क्षेत्रमा केही समयदेखी चितुवाले आतङ्क मच्याउदै आएको थियो किसानहरुले पालेका बाख्रा खाने गरेको स्थानीय किसानहरुले बताउने गरेका छन् । फेरि पासो परेको घाइते चितुवालाई जंगल छाडिदा स्थानीयहरु क्रसित बनेका छन् । यद्यपी उनीहरुले सो चितुवालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राख्न आग्रह गरेका थिए ।
बैतडीमा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण हुन सकेको छैन । चितुवाले बैतडीको तल्लोस्वराड क्षेत्रमा २०६८ यता २८ जना मानिसको शिकार गरिसकेको छ भने जिल्लाका विभिन्न स्थानमा मानिसले थापेको पासोमा परि हालसम्म १२ वटा चितुवा मरिसकेका छन्।
बैतडीमा मानव र वन्यजन्तुबिचको द्वन्द्व अध्ययन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली ५० वटा स्वचालित क्यामेरा लिएर बैतडी आउने समेत बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच