
सुर्खेत । कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कंडेलले मन्त्रीमण्डल विस्तार कार्य सुरु गर्नुभएको छ । आठ सदस्यीय मन्त्री परिषदमा रनसिंह परियारलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ ।
परियारले बुधबार पद तथा गोपनियताको सपथ लिनुभयो । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियार सरकारमा सहभागी हुनुभएको हो ।
उहाँलाई कर्णाली प्रदेश प्रमुख तिलक परियालले सपथ खुवाउनु भएको हो । मन्त्रीमा नियुक्त हुनुभएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक हुनु हो ।
गत चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री कँडेलले १५ दिनपछि मन्त्रीपरिषद विस्तार गर्नुभएकाे हाे । सत्ता साझेदार दलविच मन्त्रालय भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्री विस्तारमा विलम्ब भएको थियोे ।
एमालेले मुख्यमन्त्रीसहित चार र माओवादीले चार मन्त्रालय लिने सहमति जुटेपछि अन्तत एक मन्त्रीलाई बुधबार सपथ खुवाइएको हो । मुख्यमन्त्री कँडेलले संसदबाट विहिबार विश्वासको मत लिन लागेकोले शुक्रबारसम्म सबै मन्त्री नियुक्त गरिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच