काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपिएल) विश्व चर्चित क्रिकेट प्रतियोगिता हो । यहाँ विश्वका क्रिकेट हस्तीहरुले सहभागीता जनाउँछन् । विश्वका चर्चित खेलाडीहरुको रोजाईमा पर्ने यस प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
टि–२० फरम्याटमा हुने यो प्रतियोगितमा विभिन्न रेकर्डहरु बनेका छन् । अहिले जारी प्रतियोगिता निकै रोचक मोडमा छ । २० ओभरमा २०० रन बनाउनु सामान्य बनेको छ । ब्याट्स म्यानहरु बलरहरुमाथि हाबी भइरहेको यो तथ्यले पुष्टि गर्छ ।आइपिएलको इतिहासमै अहिलेसम्मको धेरै रन यस आइपिएलमा बनेको छ ।
सनराइजर्स हैदरावादले आइपिएल इतिहासकै ठूलो स्कोर बनाएको छ । उसले २८७ रनको किर्तिमान बनाएको छ । त्यसपछि २७७ रनको दोस्रो ठूलो स्कोर पनि उसकै नाममा रहेको छ । त्यस्तै कोलकोताले २७२ रन बनाएको छ ।
त्यसैगरी खेलाडीको प्रदर्शनको कुरा गर्ने हो भने यस आइपिएलमा अहिलेसम्म ९ वटा शतक बनेका छन् । जसमा राजस्थान रोयल्सबाट खेलिरहेका इङल्याण्डका जोस बटलरले २ शतक बनाएका छन् । उनले कोलकोताविरुद्ध १०७ र रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध १०० रन बनाएका थिए ।
त्यस्तै शतक बनाउने भारतीय खेलाडीमा चेन्नईका कप्तान रुतुराज गायकवाड, राजस्थानबाट खेलिरहेका यशस्वी जैसवाल, बैंगलुरुका विराट कोहली, मुम्बईका रोहित शर्माले एक एक शतक बनाएका छन् ।
त्यस्तै यस आइपिएलमा सनराइजर्सबाट खेलिरहेका अस्ट्रेलियाका ट्राभिस हेड, कोलकोताबाट खेलिरहेका वेस्ट इन्डिजका सुनिल नारायण तथा लखनउबाट खेलिरहेका अस्ट्रेलियाका मार्कस स्टोइनिशले शतक प्रहार गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच