
काठमाडौं । बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाई थ्री बास्केटबलमा सहभागी हुन चार खेलाडीसहित पाँच सदस्यीय टोली बिहीबार चीनको युन नान प्रस्थान गरेको छ । विजय बुर्जा कप्तान रहेको टोलीका अन्य खेलाडीमा निकेश मगर, मनिष केसी र निश्चल महर्जन रहनुभएको छ । प्रशिक्षकमा सुशील गुरुङ हुनुहुन्छ ।
बुधबारदेखि सुरु भइसकेको प्रतियोगिता एक साता चल्नेछ । नेपालको खेल भने शुक्रबारदेखि सुरु हुनेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो ।
सो अवसरमा नेपालका लागि लिनिङको आधिकारिक बिक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन महर्जनले खेलाडीलाई लिनिङको गियर प्रदान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच