मुम्बई । हालै रणवीर कपुर, रश्मिका मण्डन्ना, अनिल कपुर र बबी देओल स्टारर चलचित्र एनिमलको ट्रेलर रिलिज भएको थियो । जसमा रणवीर कपुरको हिंस्रक अवतारले मानिसको मनमा घर गरेको छ, मानिसहरूले यो चलचित्रलाई ब्लकबस्टर भन्न थालेका छन् । यसैबीच, एनिमलको ट्रेलरले पठान, जवान र टाइगर-३ को ट्रेलरलाई हेराइको हिसाबले पछाडि छोडेको खबर छ । तर, केजीएफ-२ र प्रभासको आदिपुरुषको रेकर्ड भने तोड्न सकेन ।
एनिमलको हिन्दी ट्रेलर २४ घण्टामा ५३ मिलियन पटक हेरिएको छ र जसका कारण सबैभन्दा धेरै हेरिएका १० ट्रेलरको सूचीमा परेर रेकर्ड दर्ता गरेको छ । योसँगै जवानको प्रिभ्यु पनि एनिमलको ट्रेलरले छोडेको छ । तर, प्रभासको आदिपुरुषलाई हराउन भने असफल साबित भएका छन् ।
सूचीको बारेमा कुरा गर्दा, कोइमोईको रिपोर्टनुसार, सबै भाषाहरूमा भारतीय रेकर्ड बुकको इतिहासमा २४ घण्टामा शीर्ष १० सबैभन्दा धेरै हेरिएको ट्रेलरको सूचीमा केजीएफः चैप्टर २ पहिलो स्थानमा छ, जसको ट्रेलर १०६.५ पटक हेरिएको थियो ।
दोस्रो स्थानमा ‘आदिपुरुष’ को ट्रेलर छ, जसलाई ७४ मिलियन भ्युज छ । तेस्रो नम्बरमा रहेको एनिमलको ट्रेलरले ७१.४ मिलियन भ्युज पाएको छ । चौथो नम्बरमा राधे श्याम ५७.५ मिलियनसहित छन् । पाँचौं नम्बरमा रहेको जवान प्रिभ्युले ५५ मिलियन भ्युज पाएको छ ।
आरआरआर छैटौं स्थानमा छ, जसले ५१.१ मिलियन भ्युज पाएको छ । सातौं नम्बरमा रहेको ‘तू झुठी मैं मक्कर’ले ५०.९ मिलियन भ्युज पाएको छ । आठौं नम्बरमा साहो छ, जसको ट्रेलरले ४९ मिलियन भ्युज पाएको छ । ४५ मिलियन भ्युजसहित सर्कस नवौं र सम्राट पृथ्वीराजको ट्रेलर ४३.८ मिलियन भ्युसहित दशौं स्थानमा छ ।
‘एनिमल’को सार्वजनिक ट्रेलरले बुवा र छोराबीचको सम्बन्धको कथालाई समेटेको छ । छोराको बुवाप्रतिको आशा र बाबुछोराको सम्बन्धमा आउने उताडतडावले ल्याउने सामाजिक प्रभावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । एक्सन र भावनात्मक दृश्यले ट्रेलरलाई रोचक बनाएको छ । चलचित्रमा रणवीर छोरा र अनिल कपुर बुवाको भूमिकामा हुनुहुन्छ ।
यो चलचित्र क्राइम ड्रामा जनरामा आधारित छ । चलचित्रमा रणवीर र अनिलका साथै रश्मिका मन्दाना, बबी देओल, तृप्ति डिमरी लगायतको अभिनय छ । सन्दीप रेड्डी वांगाको लेखन र निर्देशन रहेको यो चलचित्र १ डिसेम्बरबाट हिन्दीसहित पाँच भाषामा सिनेमाघरमा आउँदै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच