
पछिल्ला दिनहरूमा विश्वव्यापी रूपमा मानव अधिकार उल्लंघनका घटनाहरू बढ्दै गइरहेका छन् । मानव अधिकारसम्बन्धी काम गर्दै आएको संस्था एमनेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा यस्ता कुराहरू उल्लेख गरिएको छ । वास्तवमा यो चिन्ताको विषय हो । यो विश्व मानिसद्वारा निर्देशित छ र सचेततापूर्वक यसको उपयोग गर्ने काम मानवबाटै भइरहेको छ । यसरी सांसारिक गतिलाई अगाडि बढाउने क्रममा कोही निर्देशन दिने ठाउँमा र कोही निर्देशन पालना गर्ने ठाउँमा रहन पुग्छन् । यसबाट अधिकार प्रयोगको विवाद सिर्जना हुन्छ । कोही विरोधमा हुन्छन् भने कोही आफ्नो विरोध गर्नेलाई दण्ड सजाय गर्ने हैसियतमा रहन्छन् । यही क्रममा मानव अधिकारको उल्लंघनका घटना हुने गरेका हुन् ।
मानव अधिकार मानिसले मानिसका रूपमा बाँच्न पाउने अधिकार हो । यस्ता अधिकारहरू राष्ट्रमा रहेका राजनीतिक शासन प्रणाली अनुसार नागरिकहरूले कतै कम र कतै बढी प्राप्त गर्दै आएका हुन्छन् । दोस्रो विश्वयुद्धको समाप्तिसँगै संयुक्त राष्ट्र संघ स्थापना भयो । यसले सन् १९४७ डिसेम्बर १० मा मानवअधिकारको विश्वव्यापी घोषाणापत्र जारी ग¥यो र आफ्ना सदस्य राष्ट्रमाहरूका लागि यसको पालनाका लागि बाध्यकारी बनाउँदै लग्यो । संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रहरू आफ्ना नागरिकहरूलाई समान अधिकार प्रदान गर्ने खालका छैनन् । कुनै बढी उदार प्रजातान्त्रिक मुलुकहरू छन् र तिनले आफ्ना नागरिकहरूलाई बढी अधिकार दिइरहेका छन् भने कुनै मुलुकमा सीमित उदारतामात्र नागरिकहरूका लागि प्रदान गरिएका हुन्छ ।
त्यस्ता देशमा नागरिकहरूले सीमित मानव अधिकार पाएका हुन्छन् । हाम्रो देश पञ्चायत कालमै संयुक्त राष्ट्र संघको सदस्य बनिसकेको थियो तर त्यसबेला नेपाली नागरिकहरूले सीमित मानवअधिकार पाएका थिए भने हाल नेपाली नागरिकहरूले मानवअधिकारको बढी उपयोग गर्दै आइरहेका छन् । पञ्चायती प्रणालीमा वाक तथा प्रकाशन स्वतन्त्रतालगायत धेरै मौलिक अधिकार नागरिकहरूलाई प्राप्त थिएनन् तर प्रजातन्त्र आएपछि बनेका संविधानहरूमा यस्ता अधिकारहरूको दायरा फराकिलो बनाउँदै लगिएको छ । प्रजातान्त्रिक राज्य व्यवस्था भएका देशमा मानव अधिकारको उपयोग र उपभोग नागरिकहरूले बढी गर्न पाउँछन् । राष्ट्रहरूले आफ्नो देशको मूल कानुन (संविधान)को मौलिक अधिकारको महलमा यस्ता अधिकारहरूलाई व्यवस्थित गर्ने गरेका हुन्छन् ।
अधिकार दिएकोजस्तो मात्र हुनुहुँदैन दिनु नै पर्छ भन्ने कानुनी मान्यता छ । त्यसकारण नागरिकहरूले पाएका यस्ता अधिकारहरू कतैबाट हनन् हुन पुगे तिनको उपचारको प्रत्याभूतिसमेत संविधानमै व्यवस्थित गरिएको हुन्छ । कुन अधिकार कोबाट कसरी हनन भएको हो सो अधिकार कानुनले तोकेको प्रक्रिया पु¥याएर फिर्ता पाउने व्यवस्थाको प्रत्याभूति भएको हुन्छ । यसका लागि न्यायपालिकामा गएर रिट निवेदनको बाटो अपनाई आफ्ना गुमेका अधिकारहरू फिर्ता लिन सकिन्छ । यति भएर पनि वर्तमान विश्वमा मानवअधिकार उल्लंघनका घटनाहरू व्यापक रूपमा भइरहेका छन् । कतिपय प्रजातान्त्रिक मुलुकहरूमै सबैभन्दा बढी मानव अधिकार हनन्का घटनाहरू भइरहेका पनि छन् । ठूला विकसित र शक्तिसम्पन्न देशहरूले अन्य देशका नागरिकलाई समेत अज्ञात स्थलहरूमा कठोर यातना दिएर राखेको पाइएको छ ।
मानव अधिकार उल्लंघनका यस्ता अनेकौं घटनाहरू हुने गरेका छन् । द्वन्द्व र युद्धका बेलामा यस्ता घटनाहरू अरू बेलाभन्दा बढी नै हुने गर्दछन् । हाम्रो देश पनि यसबाट अछुतो छैन । एमनेस्टी इन्टरनेसनलले यस्तो देखाएको छ । यस्ता घटनाहरू गतविगत वर्षभन्दा हाल वृद्धि भइरहेको उक्त संस्थाले देखाएको छ । यो सबैका लागि चिन्ताको विषय हो । द्वन्द्वका समयमा द्वन्द्वको नियमको पालना नगर्ने र मानवीय कानुनहरूको व्यापक मात्रामा बेवास्ता गर्दै मानव अधिकार उल्लंघन गर्नेजस्ता घटना बढी हुने, सरकारले नागरिकको सुरक्षामा जिम्मेवारी पूरा नगर्ने र त्यसलाई नजरअन्दाज गर्ने गरेको पाइएको एमनेस्टीले सार्वजनिक गरेको छ ।
यस्तै महिला, बालबालिका तथा यौनिक अल्पसंख्यकको अधिकार खोसिने गरेको समेत पाइएको एमनेस्टीले जनाएको छ । समाज र समाजका विभिन्न वर्ग जति मात्रमा पछाडि परेका हुन्छन् मानव अधिकारको उपयोगमा ती त्यत्ति नै बढी वञ्चित भइरहन्छन् । त्यसैले सीमान्तीकृत समुदाय, महिला, बालबालिका आर्थिक, सामाजिक, सास्ंकृतिक अधिकारबाट पनि जोखिममा पर्ने गरेको एमनेस्टीको ठहर छ । यस्ता समुदायहरू जलवायु परिवर्तनको चपेटामा समेत पर्ने गरेको निष्कर्ष एमनेस्टीको छ । वर्तमान समयमा पशु अधिकारमा समेत चिन्ता र चिन्तन गर्ने गरिएको छ । पशुले समेत बाँच्न पाउनुपर्छ भन्ने आवाजहरू विश्वव्यापी बनिरहेका छन् । मानिस त झन् चेतनशील प्राणी नै हो तर मानिसको चेतनाको दुरूपयोग हुन पुगेको अवस्थामा पशुहरूमाथि क्रूर हिंस्रक व्यवहार गरिन्छ ।
मानिसहरू माथि भने प्रतिशोधपूर्ण व्यवहार समेत गरिनाले मानव अधिकार हनन्का घटनाहरूले व्यापक रूप लिने गर्छन् । शासकहरूले अरूलाई दमन गरी आफ्नो शासनसत्ता जोगाउन र टिकाउन अरू मानिसहरूप्रति अमानवीय कार्य गर्ने गरेका छन् । यस्ता जघन्य कार्यहरूका विरुद्ध आवाज उठाउनेहरू धेरै छन् । व्यक्तिगत रूपमा र संस्थागत रूपमा शासकको अमानवीय कार्यको विरोध गरिएन भने तिनले अझै बढी मानव अधिकार उल्लंघन गर्दै जान्छन् । मानिसको सचेतताका माध्यमबाट मानव अधिकार उल्लंघनका कार्य कम गर्दै लान सकिने भएको हुँदा यस्तो प्रयास सबैबाट हुनु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच