
झापा। झापाका अलगअलग स्थानमा बिहीबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । घाइते तीन जनाको अवस्था गम्भीर छ ।
बिहीबार राति साढे आठ बजेतिर मेचीनगर नगरपालिका १२ को देउनिया पुलमा भएको मोटरसाइकल दुर्घटनामा बुद्धशान्ति गाउँपालिका २ का ४० वर्षीय ज्ञानेन्द्रराज कार्कीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्कीले चलाएको मे। ११प। १६०९ को मोटरसाइकलमा आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । उनी बिर्तामोडबाट घर बुद्धशान्ति फर्कने क्रममा थिए । उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लाँदै गर्दा कार्कीको बाटोमा नै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
बिहीबार नै मेचीनगर नगरपालिका ३ वडाखालमा प्रदेश १–०१–०१४ प ५८४९ नम्बर र ग २३ प २३९८ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा पाँचजना घाइते भएका छन् ।
दुर्घटनामा मेचीनगर नगरपालिका ७ का २८ वर्षीय तीर्थ दाहालको दाहिने खुट्टा भाच्चिएको छ । मेचीनगर ७ कै २४ वर्षीय रुपेश गिरीको ढाड तथा दाहिने खुट्टा र सोही ठाउँका ३४ वर्षीय मदनकुमार अधिकारीको दुबै हात र खुट्टामा चोट लागेको छ । उनीहरू तीनैजना प्रदेश १–०१–०१४ प ५८४९ नम्बरको मोटरसाइकलमा सवार थिए ।
ग २३ प २३९८ नम्बरको मोटरसाइकलमा सवार सप्तरीको बोदेबर्साइन नगरपालिका ८ का २१ वर्षीय मुकेश यादवको सोही ठाउँका २१ वर्षीय ओमप्रकाश यादव घाइते भएका छन् । मुकेशको टाउको र नाकमा चोट लागेको छ। ओमप्रकाशको दाँत भाँचिएको छ । उनीहरू किन झापा आएका थिए, त्यो भने खुलेको छैन ।
तीर्थ, मुकेश र ओमप्रकाशको अवस्था गम्भीर छ। उनीहरू पाँचैजनाको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच