
काठमाडौं । वात्सल्यले एक महिनामा १२९ दम्पतीलाई सन्तान सुख दिएको छ । वात्सल्य नेचुरलले आइभिएफ र आइयुआईको माध्यमबाट सन्तान प्राप्तिको सेवा प्रदान गर्दै आएको छ । सोही क्रममा वात्सल्य नेचुरलले पछिल्लो एक महिनामा १२९ दम्पतीलाई सन्तान सुख दिन सफल भएको एमब्रियोलोजी ल्याब डाइरेक्टर सुरेश यादवले जानकारी दिनुभयो ।
वात्सल्य नेचुरलमा पछिल्लो तीन महिनामा आइभिएफको औसत सफलता ७०.८८ प्रतिशत रहेको उहाँको भनाइ छ । विश्वव्यापीरूपमा आइभिएफको औसत सफलता ३० देखि ६० प्रतिशत आसपास रहेको बताइन्छ । पछिल्लो तीन महिनामा वात्सल्य नेचुरलले ३६८ दम्पतीलाई सन्तान सुख दिएको यादवले बताउनुभयो ।
लामो समयसम्म प्राकृतिक किसिमले सन्तान प्राप्त नभएमा एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) को माध्यमबाट सन्तान प्राप्त गर्न सकिन्छ । एआरटी प्रविधिलाई सामान्य भाषामा बुझ्दा प्रविधिको माध्यमबाट सन्तान प्राप्तिको बाटो सरल बनाउनु हो । जसमा आइयुआई र आइभिएफ प्रविधि अपनाउन सकिन्छ ।
यादवका अनुसार वात्सल्य नेचुरलले हालसम्म आइयुआई प्रविधिबाट दुई हजार र आइभिएफ प्रविधिबाट चार हजार दम्पतीलाई सन्तान सुख दिइसकेको छ । वात्सल्यले काठमाडौंसहित नेपालगञ्ज, पोखरा, चितवन, विराटनगर र बुटवलमा पनि पूर्ण सुविधासहित सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच