
केशवराज काफ्ले
कृषिका लागि वन अपिरिहार्य छ । कृषिका लागि आवश्यक पर्ने प्रांगारिक मल वनका पात पतिंगरबाटै प्राप्त हुन्छ । पशुपालनका लागि पनि वन नै चाहिन्छ । सादायिक वा सरकारी वन जुनसुकै होस्, वनको शत्रु वनसँगै लकेर बसेको छ, त्यो हो सुकेका पात, दाउरा र खर आदि । हुन त सुकेका पात, खर, दाउरा, मुढाले नै त्यहाँको प्राकृतिक जीवलाई आश्रय दिएको छ । त्यहाँ भएका जीवको खाना, पानी र जल संरक्षणको प्रमुख कारक तत्व हुन् । तर पनि मानिसको अज्ञानता, लापरबाही, मुख्र्याइँले वा एक छिनको राक्षसी विचारले हिउँद सुख्खा मौसममा वनमा आगो लगाइदिने गर्छन् । यसरी आगो लगाउने भनेको हर तरहबाट वातावरण राष्ट्रको धन वन्यजन्तु, चरा चुरुंगी, जडिबंटी, सूक्ष्म जीवको नास हुनु नै हो । मानव बस्तीलाई चाहिने पानी र बिरुवाको आधार नै वन जंगल हो । वन विनाश गर्न छिनभर लाग्दैन तर निर्माण गर्न तथा सुधार गर्न वर्षौ लाग्छ ।
वन संरक्षण गरौं, आर्थिक र वातावरणीय विकास गरी मानवता देखाउ, दानवता होइन । एउटा गोलीले दुईवटा शिकार गर्ने भन्ने नेपाली उखान चरितार्थ गर्न कृषि र वन जोड्न सकिन्छ, त्यो हो एउटै कामले कृषि पनि राम्रो हुने, वन पनि राम्रो हुने । सरकार तथा समुदायले यसलाई प्राथमिकता दिएर काम गर्न जरुरी छ ।
धर्म गर्न देवताको मन्दिर जान र कसैलाई दान गर्न पर्दैन, आफ्नो कारण कुनै जीव तथा प्राणीलाई दुःख हुने काम नगरेमा वा दुःखबाट हटाउन सक्नु नै महान धर्म हो । त्यसैले, वन संरक्षण गरौं, आर्थिक र वातावरणीय विकास गरी मानवता देखाउ, दानवता होइन । एउटा गोलीले दुईवटा शिकार गर्ने भन्ने नेपाली उखान चरितार्थ गर्न कृषि र वन जोड्न सकिन्छ, त्यो हो एउटै कामले कृषि पनि राम्रो हुने, वन पनि राम्रो हुने । सरकार तथा समुदायले यसलाई प्राथमिकता दिएर काम गर्न जरुरी छ । हेर्दा केही छैन तर आफू बसेको ठाउँको वातावरण स्वच्छ बनाउन र आफूमा आश्रित जीवजन्तु वनस्पति (अन्न, फलफूल, तरकारी)लाई समेत उद्दार गर्नु नै महान धर्म र मानव सभ्यता हो । मानिस र जनावरसँग तुलना गर्नु भनेकै सभ्यतासँग तुलना गर्नु हो ।
कृषि र वन कसरी जोड्ने
कृषिजन्य बाली तथा वस्तुलाई आवश्यक पर्ने मल र जलको स्रोत नै वन जंगल हो र वन जंगलको संरक्षक नै मानव समुदाय हो । कृषिका लागि आवश्यक पर्ने मलका लागि कृषि व्यवसायीले हिँउदमा वनमा भएका सुकेका पात पतिंगर आफ्नो घर खेतमा ल्याएर होस वा वनमै पातलाई खाडल बनाई वा थुप्रो बनाई जम्मा गरेर गलाउने वस्तु इएम जस्ता जैविक वस्तु हालेर गलाएर गुणस्तर कम्पोष्ट मल बनाउनुहोस् । मल बनाउन खनिएका खाडलमा वर्षाको पानी जम्मा भई जमिनमा सोसिँदा वरपरका बिरुवालाई लामो समयसम्म चिस्यान रहने हुँदा त्यस ठाउँका बोट बिरुवा पनि राम्रो हुने, पानी जमिनको तलसम्म जाने हुँदा तलका पानीका स्रोत पनि राम्रो हुने हुन्छ । यसका साथै वनमा तेर्सो कुलो कुलेसा नाला बनाउँदा वर्षामा परेको ठूलो पानी रोकिन गई जमिनमा चिस्यान हुने भएकाले बाढी कम आउने र मुलहरूमा पानीको स्रोत बढ्ने हुन्छ ।
वन उपभोक्ता समितिले पनि डाले घाँस तथा भुइँ घाँस लगाउन जोड दिनुपर्छ, जसले गर्दा घाँसका लागि ती रूखको प्रयोगले पशुपालनमा प्रत्यक्षरूपमा सहयोग पुग्छ । बेलाबेलामा सुकेका दाउरा, घाँस पात, पतिंगरका लागि खुलाउने झाडी हटाउने, काटछाँट तथा गोडमेल गरी वनका ठूला रूखको गुणस्तर बढाउने, वनलाई नै आफ्नो प्राकृतिक सम्पतिका रूपमा लिने ।
प्रकृतिले दिएको स्वर्गीय वातावरणलाई नर्क बनाएका छौं । प्रदूषणकै कारणबाहिर निस्कन नहुने बनाएका छौं । हामी दुई चार सय बिरुवा रोपेर वातावरण दिवस मनाउँछौ तर वनमा हप्तांैसम्म पनि डढेलो लागेर वनमा आश्रित सबै जीव जन्तु नष्ट हुँदा तमासे भएर हेरेर बसेका छौं, के यो प्राथमिकतामा नपरेको हो ?
पत्कर जम्मा गर्दा वनलाई ब्लकमा विभाजन गर्न राम्रो हुन्छ । ब्लकको सिमानामा फायर लाइनका रूपमा १० देखि २० मिटर भुइँ सफा गरी जैविक पदार्थ संकलन गर्नुपर्छ । यसलाइ मुख्यरूपमा कम्पोष्ट मल छापो आदिका रूपमा कृषकले प्रयोग गर्न सक्छन् । ब्लक विभाजन नगरी अस्थायी फायरलाइनका रूपमा सुविधा र जमिनको बनावट अनुसार बनाउन पनि सकिन्छ । बनावट हिँड डुल गर्ने बाटोलाई नै फायरलाइनका रूपमा प्रयोग गरी दायाँबायाँ सफा गर्न सकिन्छ । नेपालमा वन जंगल बढी भएकै कारण कार्बन उत्पादन गर्ने औद्योगिक मुलुकबाट जम्मा भएको रकमले नेपालमा वृक्षारोपणका विभिन्न काम भएको अवस्था छ भने अर्कातिर डढेलो लगाई असंख्य बिरुवाका साना बोट पोथ्रा नष्ट भएको अवस्था छ । अर्कातिर डढेलोलगायत नेपाल विश्वकै प्रदूषित देश बन्न पुगेको छ ।
स्वर्गजस्तो देश, जहाँ हिमाल, पहाड र तराईको सबैखालै वातावरण पाइने र सबैखालै वन्य जस्तु पाइने, नदी नालाको धनी देशलाइ प्रदूषित देशका रूपमा गणनामा पुर्याउने हामी कति बेइमानी हौं ? प्रकृतिले दिएको स्वर्गीय वातावरणलाई नर्क बनाएका छौं । प्रदूषणकै कारणबाहिर निस्कन नहुने बनाएका छौं । हामी दुई चार सय बिरुवा रोपेर वातावरण दिवस मनाउँछौ तर वनमा हप्तांैसम्म पनि डढेलो लागेर वनमा आश्रित सबै जीव जन्तु नष्ट हुँदा तमासे भएर हेरेर बसेका छौं, के यो प्राथमिकतामा नपरेको हो ? त्यसो हो भने प्राथमिकता के हो त ? के स्थानीय सरकारलाई डढेलो निभाउने अधिकार संविधानमा लेखिएन ? कि कार्यान्वयन गर्दैनन् ? वनमा आगो लगाउनेलाई समाउन किन नसकेको ? आगो भुतले लगाएको त होइन होला ?
अन्त्यमा नेपाल कृषि प्रधान देश होइन, कृषि आयातमुखी देश बन्न पुगेको छ । कृषि विकासका लागि वनको अति नै महत्व छ भने वन संरक्षणका लागि पनि प्रांगारिक कृषिको उत्तिकै महत्व छ । त्यसैले वनबाट प्राप्त हुने पात पतिंगर, घाँसपात, दाउरा आदिको व्यवस्थित तरिकाले प्रयोग र सदुपयोग गरी वनलाई डढेलोबाट हुने नोक्सानी घटाउन, प्रांगारिक उत्पादन बढाउन ध्यान दिनुपर्ने आवश्यकता छ । (काफ्ले वरिष्ठ कृषि अधिकृत हुनुहुन्छ)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच