उपनिर्वाचन अपडेट : बझाङमा एमालेका भण्डारीको अग्रता कायमै

हिमालय टाइम्स
Read Time = 1 min

बझाङ । बझाङ-१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिनुभएको छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार भण्डारीले १० हजार १४८ मत संगै अग्रता लिनुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार १२४ मत प्राप्त गर्नुभएको छ ।

एमाले र कांग्रेस उम्मेदवारबीच उछिनापाछिन चलिरहेको छ । सुरुवाति निरन्तर अग्रता लिएको एमाले आइतबार मध्यरातदेखि विहानसम्म पछि परेको थियो । फेरि अहिले कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार भण्डारीले अग्रता लिनुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?