
नयाँदिल्ली । इण्डियन प्रिमियर लिगको आइतबार राती खेलिएको खेलमा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदराबादलाई ७८ रनले हरायो । जितसँगै चेन्नई अंक तालिकाको तेस्रो स्थानमा उक्लन सफल भयो । चेन्नईले जारी सिजनमा नौ खेल खेल्दै पाँच जितको मद्दतले १० अंक बटुलेको छ ।
उक्त टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीका लागि पनि विशेष रहृयो । धोनी आइपिएलमा १५० खेल जित्ने पहिलो खेलाडी पनि बन्नुभएको छ । पूर्वकप्तान धोनी उक्त खेलमा पाँच रनमा अविजित रहनुभएको थियो ।
धोनीले हालसम्म आइपिएलमा २५९ खेल खेल्दै कुल पाँच हजार १७८ रन बनाइसक्नुभएको छ । यस क्रममा उहाँले १३७.१४ को स्ट्राइक रेटमा रन बनाउनुभएको छ । उहाँले २४ वटा अर्धशतक पनि प्रहार गर्नुभएको छ ।
आइपिएलको इतिहासमा धोनी सर्वाधिक सफल कप्तान पनि हुनुहुन्छ । उहाँको कप्तानीमा चेन्नईले पाँचपटक आइपिएलको उपाधि जितिसकेको छ । धोनीका अतिरिक्त रोहित शर्माले मात्र मुम्बई इण्डियन्सलाई पाँचपटक आइपिएलको उपाधि जिताउनुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच