
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिसम्म कम्पनीको खुद नाफा ३३ करोड १५ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ७५.७९ प्रतिशतले बढेको हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख १३ हजार खुद नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले तीन अर्ब २९ करोड १५ लाख कुल बिमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बिमा शुल्क आर्जन १०.२४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले दुई अर्ब ९८ करोड ५८ लाख कुल बिमा शुल्क आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बिमा शुल्क आर्जन ७.७९ प्रतिशत बढी हो । कम्पनीको चुक्ता पुँजी चार अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समीक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम शीर्षकमा एक अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ भने महाविपत्ति कोषमा १५ करोड ९१ लाख र सञ्चित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच