दोलखा । दोलखाको उत्तरी विगु गाउँपालिकाको थामी चागुमा जनता आवास कार्यक्रम अन्तर्गत ४५ घर निर्माण हुँदै छन् । विपन्न थामी जातिको बसोवास रहेको विगु गाउँपालिका वडा नम्बर आठको थामी चागुमा शहरी विकास तथा भवन कार्यालय, काभ्रे पलाञ्चोक मार्फत ति घरहरुको निर्माण भइरहेको हो ।
विभिन्न कारणले पूनर्निर्माणमा नसमेटिएका तथा संघीय सरकारको नीति बमोजिम विपन्नहरुकालागि थामी चागुमा ४५ वटा घर संघीय सरकारको अनुदानमा बन्ने क्रममा रहेको शहरी विकास तथा भवन कार्यलाय काभ्रे पलाञ्चोकका प्रमुख सन्तोष निरौलाले जानकारी दिनुभयो । बागमती प्रदेश सरकार मार्फत आगामी दिनमा अन्य घरहरुको पनि निर्माण गरिने उहाँको भनाई रहेको छ ।
विपन्न थामी जातिको बाक्लो बसोवास रहेको विगु गाउँपालिका वडा नम्बर आठको थामी चागुमा संघीय सरकारको अनुदानबाट जनता आवास कार्यक्रम अन्तर्गत बन्न लागेका ४५ वटा घर मध्ये १५ वटा घर छानो लगाउने क्रममा पुगेको कार्यालयका दोलखाका फोकल पर्सन इञ्जिनियर धर्मेन्द्र यादवले जानकारी दिनुभयो । अन्य घरहरुको निर्माण पनि जारी रहेको उहाँको भनाई रहेको छ ।
भुकम्प प्रतिरोधी डिजाइनमा निर्माण भइरहेका घरहरु दुई कोठे रहेका छन् । ढुङ्गाको गारो लगायतका घरहरुको गारोको चौडाई न्यूनतम १४ इन्च तथा लकिङब्लकबाट बनेका घरहरुको चोडाई ६ इन्च रहेको छ । गारोको विचमा ३ फिटमा कङ्क्रिटको बेन्ड राखिएको छ ।
छनोट भएका घर निर्माताहरुलाई चार किस्तामा रकम भुक्तानी दिइने इञ्जिनीयर यादवले जानकारी दिनुभयो । यादवका अनुसार घर निर्माताले चार किस्तामा गरी कुल ३ लाख ३६ हजार रुपैयाँ पाउने उहाँको भनाई रहेको छ । जग हालेपछि २५ प्रतिशत, डिपिसी सकिएपछि ३० प्रतिशत, छानो लगाएपछि ३५ प्रतिशत तथा शौचालय निर्माण गरेपछि बाँकी १० प्रतिशत लाभग्राहीले पाउने शहरी विकास तथा भवन कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।
अबको केही समयपछि बागमती प्रदेश सरकारले पनि विपन्नका लागि आवास कार्यक्रम संचालन गर्ने तयारी गरीरहेको कार्यालय प्रमुख सन्तोस निरौलाले जानकारी दिनुभयो । बागमती प्रदेश सरकारले आवास निर्माणकालागि निर्माण गरेको मापदण्ड भित्र पर्नेले भने आवास निर्माण गर्न चार लाख रकम अनुदान पाउने उहाँको भनाई रहको छ ।
विभिन्न कारणले भुकम्प पूनर्निर्माणमा लाभग्राही छनोटमा नपरेकाहरुले जनता आवास कार्यक्रम मार्फत भवन निर्माण गर्न पाउँदा राहतको महसुस गरेको तथा कार्यालयका प्राविधिकहरुले दिएको सल्लाह तथा नक्सा बमोजिम घर निर्माण भए नभएको बारे वडाका जन प्रतिनिधिहरुले पनि निरन्तर अनुगमन गरिरहेको विगु गाउँपालिका वडा नम्बर आठका वडाध्यक्ष हिरा थामीले बताउनु भयो । मापदण्ड अनुसार नै घर निर्माण गर्दा पाँच छ लाख रुपैया लाग्ने भएपनि जनताआवास कार्यक्रम अन्तर्गत घर निर्माणमा सहयोग भएकोले आफूलाई ठूलो राहत पुगेको लाभग्राही फूलमति थामीले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच