
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा उल्भ्सलाई ५–१ गोलले हराउँदै सिटीले सहज जित निकालेको हो ।
सिटीको जितमा स्टार फरवार्ड एरलिङ हालान्डले चार तथा जुलियन अल्भारेजले एक गोल गरेका थिए । यस्तै, उल्भ्सका ह्वांग हि चानले एक गोल फर्काए ।खेलको १२औँ मिनेटमा सिटीका हालान्डले पेनाल्टीमार्फत सुरुवाती गोल गरेका थिए ।
उनले ३५औँ, पहिलो हाफको इन्जुरी समय र ५४औँ मिनेटमा गोल गरेका थिए । उल्भ्सका हि चानले ५४ औँ मिनेटमा एक गोल फर्काएका थिए । यस्तै, सिटीका अल्भारेजले खेलको ८५औँ मिनेटमा गोल गरेपछि म्यानचेस्टर सिटी ५–१ गोलले विजयी भयो ।
यो जितसँगै ३५ खेलबाट ८२ अंक जोडेको म्यानचेस्टर सिटी तालिकाको दोस्रो स्थानमा छ । ३६ खेलबाट ८३ अंकसहित आर्सनल पहिलो स्थानमा छ । पराजित भएको उल्भ्स ३६ खेलबाट ४६ अंकका साथ ११औँ स्थानमा छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच