
काठमाडौं । जयकुमार नाथ साह मेमोरियल यू–१६ अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको पाँचौँ दिन आइतबार भएको खेलमा रेडियन्ट रिडर्स एकेडेमीले पहिलो जित हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा रेडियन्ट २ विकेटले विजयी भयो । पहिले ब्याटिङ गरेको त्रियोग हाईस्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो । १०६ रनको लक्ष्य पछ्याएको रेडियन्टले १८.२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । रेडियन्टले १०६ रन बनाएको थियो । रेडियन्टका अनुज झा खेलको म्यान अफ दि म्याच घोषित हुनुभयो ।
यस्तै, आइतबार नै भएको अर्को खेलमा सैनिक आवासिय महाविद्यालयले संस्कृति इन्टरनेशनल स्कुललाई ९० रनले हएको छ । पहिले ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको संस्कृतिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०८ रन मात्र बनाएको थियो ।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा १६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइँदैछ । विजेताले एक लाख ५० हजार तथा उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगदसहित गिफ्ट हृयाम्पर दिइनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ ले एक हजार नगदसहित गिफ्ट हृयाम्पर पाउनेछन् ।
मुख्य प्रायोजकमा स्व. जयकुमार नाथ शाहका परिवार छन् । जम्मा २७ खेल हुने प्रतियोगिताका खेलहरू मूलपानीका दुवै क्रिकेट मैदानमा खेलाइँदैछ । वैशाख ३० गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख २६ हजार पाँच सय रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच