लण्डन । फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजीमाथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो ।
पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि खेलको एकमात्र गोल म्याट्स हुमेल्सले गर्नुभयो । स्टार खेलाडीहरूले भरिपूर्ण पिएसजी च्याम्पियन्स लिग उपाधि उचाल्नबाट चुकेको छ ।
जुलियन ब्रान्ड्टको कर्नर किकमा डिफेन्डर म्याट्स हुमेल्सले शक्तिशाली हेडर प्रहार गर्दै डर्टमुण्डलाई खेलमा अग्रता दिलाउनुभएको थियो । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औँ मिनेटमा गोल गर्नुभएको थियो । यी दुई टोली यसै सिजन एकै समूहमा रहेका थिए । दुई खेलमध्ये एक खेल डर्टमुण्डले जितेको थियो भने अर्को खेल बराबरीमा सकिएको थियो ।
डर्टमुण्डले अब उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेताविरुद्ध खेल्नेछ । यी दुई टोलीबीचको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । २०१३ मा पछिल्लोपटक डर्टमुण्ड फाइनल पुग्दा बायर्नविरुद्ध पराजित भएको थियो । डर्टमुण्डको एकमात्र च्याम्पियन्स लिग उपाधि १९९७ मा आएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच