
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुनु भएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता कार्की योसहित कोशी प्रदेश सरकारमा तेस्रो पटक मुख्यमन्त्री हुनुभएको हो ।
एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियाे ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री कार्कीको पक्षमा ५२ मत देखिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति दिनुभएको हो ।
कार्कीलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गर्नुभएको हो।
कार्की झापा निर्वाचन क्षेत्र नं ५ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । यसअघि कोशी प्रदेशसभाले वर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो ।
सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत जानुभएको छ ।
असअघि हिक्मत कार्की संविधानको धारा १६८ (२) अन्तर्गत २०७९ पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमाले, माओवादी, नेकपा एस र जसपाको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको कार्की २०७९ असार १५ गते विश्वासको पाउन नसकेपछि हट्नुभएको थियो ।
विश्वासको मत लिन नसकेर पदमुक्त हुनुभको कार्कीले त्यसको ७० दिनपछि पुन अदालतको परमादेशबाट मुख्यमन्त्री बन्नुभएको थियो ।
संविधानको धारा १६८ (३) अन्तर्गत मुख्यमन्त्री नियुक्त हुनुभएको कार्कीले विश्वासको मत नलि असोज २२ गते राजीनामा दिनुभएको थियो ।
गत मंसिरमा चुनाव भएयता कोशीमा योसहित ६ पटक सरकार हेरफेर भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच