
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक पारदर्शिता र छिटोछरितो सेवा प्रवाहका लागि मोबाइल एप्सबाट सेवा प्रदान गर्न थालेको छ । गाउँपालिकाले प्रदान गर्दै आएका हरेक किसिमका सेवा सुविधाहरुलाई अनलाईनमार्फत डिजिटल प्रविधिमा सेवाग्राहीले घर–घरमै पाउने गरी मोबाइल एप्सको सुरुवात गरेको हो ।
आमनागरिकले एप्समार्फत कहाँ कुन योजना बन्दै छ, सम्झौता कहिले भयो, कार्यान्वयन कसरी भइरहेको छ, उपभोक्ता समितिको काम, कति काम हुन बाँकी छ, प्राविधिक इस्टिमेटअनुसार काम भएको छ छैन भन्ने जस्ता जानकारी पाउन सक्ने पालिका अध्यक्ष रुक्मागत भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्वसाधारणले स्थानीय तहका हरेक गतिविधिको सूचना पाउनु आवश्यक मात्र होइन, अनिवार्य छ, यसले जनप्रतिनिधिलाई मात्र नभई सर्वसाधारणलाई पनि प्रविधिमैत्री बनाउन सहयोग पुग्ने छ ।’
एप्लिकेशनबाट तत्काल सेवाग्राहीले गाउँपालिका तथा वडाका सम्पूर्ण सूचना, जानकारी प्राप्त गर्न सक्ने छन् । पालिकाले प्रदान गर्दै आएको सेवा प्रवाहको बारेमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरूलाई प्रत्यक्ष रूपमा सुझाव र गुनासो राख्न सक्ने व्यवस्था गरिएको समेत पालिका अध्यक्ष भट्टराईले बताउनुभयो । एप्लिकेशनमा आपतकालीन सेवा, प्रहरी, एम्बुलेन्स सम्बन्धी जानकारी तथा सम्पर्क नम्वरहरु राखिएको छ । सो एप्समा गाउँपालिकाले निर्माण गरेका कानुनहरू तथा प्रकाशन गरिएका प्रतिवेदनहरू प्राप्त गर्न सकिने व्यवस्था गरिएको उपाध्यक्ष युवराज थापाले बताउनुभयो । सोमबारदेखी सञ्चालनमा आएको पालिका एप्समा गाउँपालिकाको नागरिक वडापत्र तथा सेवाहरूको विवरण प्राप्त गर्न सकिने छ । गाउँपालिका भित्रका विद्यालय तथा स्वास्थ्य चौकीहरू सम्बन्धी जानकारी प्राप्त गर्न सकिने छ । यस एप्सलाई आगामी दिनहरूमा गाउँपालिकाबाट प्रदान गरिने सेवाहरूलाई सूचना प्रविधिमैत्री बनाई अनलाइन माध्यमबाट सेवा प्रवाह हुने गरी विस्तार गरिने पालिकाले जनाएको छ ।
यो एप्स एक हप्तापछि गुगल प्ले स्टोरमा समेत उपलब्ध हुनेछ । एप्लिकेशनमा आएका सुझाव गुनासाहरुलाई तत्काल कार्यान्वयनको व्यबस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सीनाले बताउनुभयो । पालिकाले एप्सलाई व्यस्थित रुपमा सञ्चालन गर्ने रैनादेवी छहराका जनताको हात, हातमा पालिकाको सूचना गतिविधी पु¥याउने गरी डिजाईन गरिएको सूचना अधिकारी नारायण मल्लले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच