✍️ ठाकुर बेलवासे
प्रजातन्त्रमा
मनलाग्दी विरोध र आलोचना गर्न पाइन्छ
यत्ति हो
आलोचित पात्रहरू
विरोध सुन्दैनन्
आलोचना देख्दैनन्
उनीहरू
विद्यालय, अस्पताल
अथवा भनौ
मानिसहरूका चुलो, चौकामा जे पनि गर्न सक्छन्
सम्झौँ विष्ठा गर्न सक्छन्
मदिरासुरमा बेसुरले नाच्न सक्छन्
भत्काइदिन सक्छन्
ससाना नानीहरूका सपनाका घरहरू
प्रजातन्त्रमा
जीवनका लागि अनेकानेक मागसहित
धर्ना र जुलुस गर्न पाइन्छ
यत्ति हो
ज्यान गुमाउँदा पनि
मागहरू पुरा गराउन सकिन्न !
समानता मात्रै होइन
प्रजातन्त्रले समताको कुरा गर्छ
यत्ति हो
चुलीमा पुग्नेहरूले गरेको फोहोर
जमिनमा बस्नेहरूले सोहोर्नु पर्छ
उज्यालो भन्नु र प्रजातन्त्र भन्नु एउटै हो
यत्ति हो
उज्यालो शासकहरूको श्रीमतीको फरियामा गुटमुटिएको हुन्छ
या छोराछोरी
आफन्त वा आफ्नाहरूको पैतालामा थिँचिएको हुन्छ
प्रजातन्त्रले
न्यायलाई आत्मा मान्छ
त्यसैले प्रजातान्त्रिक देशमा
न्यायलयका व्यावसायिक भवन हुन्छन्
यत्ति हो
न्यायलय विवेक शून्य हुन्छ
न्यायलय व्यापारिक केन्द्रजस्तो देखिन्छ
प्रजातन्त्र निकै सुन्दर हुन्छ
यत्ति हो
दल र नेताहरूका अनुहारमा
नाक र आँखा हुँदैनन्
अनि कान पनि हुँदैनन्
प्रजातन्त्रमा
जनता सार्वभौम हुन्छन्
यत्ति हो
जनता बाँच्नु भन्दा मर्नु सहज ठान्छन्
देश बिना प्रजातन्त्रको कल्पना गर्न सकिन्न
यत्ति हो
सत्ताका लागि देश बेच्न पनि सकिन्छ
प्रजातन्त्रमा
हाँसो खुसीको हाट बजार लाग्छ
यत्ति हो
जनताको मन
आँसुको डुबानमा हुन्छ
हो प्रजातन्त्रमा
जे पनि पाइन्छ
जस्तो मृत्यु
भनौ
अभाव अनि जिन्दगीलाई लखेटिरहने
सरकारका कर अड्डाहरूको धम्की
हरियो भविस्य देखाएर
गरिब ऋणीका पसिनासँगै जीवन
लुट्ने बैंकहरूको बजार
प्रजातन्त्रको आदर्श नै
“निमुखाहरूलाई प्रजातन्त्र”
यत्ति हो
निर्धाहरूको जीवन मूल्य हुँदैन
के पाइन्न
प्रजातन्त्रमा
यत्ति हो
सजिलो गरी बाँच्न पाइँदैन
मन यस्तो छ
बरु आत्महत्या गर्नु परोस्
प्रजातन्त्रलाई प्रेम गरिरहन्छ
हो प्रजातन्त्रमा
आत्महत्या गर्न पाइन्छ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच