
दाङ । दाङमा नेपाल सरकारको स्वास्थ्य सेवा विमा कार्यक्रमवाट सेवा लिनेहरुको संख्या बढेको छ । विमा कार्यक्रम लागु भएका स्वास्थ्य संस्थाहरुमा विरामिले सेवा प्राप्त गर्दै आएका छन् । विमा स्वास्थ्य कार्यक्रम लागु भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीवाट वितेको ९ महिनामा ३४ हजार बढि सर्वसाधारण लाभान्वित भएका छन् । प्रतिष्ठानका कामु निर्देशक डा रमेश कँडेलले गएको साउनदेखि चैतसम्म ३४ हजार ४ सय ४३ जनाले विमावाट सेवा पाएको जानकारी दिनु भयो ।
उहाँले दैनिक २ सय जनाले विमावाट सेवा लिइरहेको पनि बताउनु भयो । सर्वसाधारणले स्वास्थ्य विमावाट सेवा प्राप्त गरेपनि सरकारको विमा वोर्डले समयमै विमावाफत अस्पतालले दावि गरेको करोडौ रकम नदिएपछि सेवालाई थप प्रभावकारी बनाउन समस्या सिर्जना भएको छ । ठुलो रकम विमा वोर्डले भुक्तानि नगरेको कारण विमाबाट हुने स्वास्थ्य सेवा वन्द गर्ने अवस्थामा आइपुगेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले दिएको जानकारी अनुसार अझै पनि ७ करोड ९८ लाख रुपैयाँ विमा वाफतको रकम प्रतिष्ठानमा प्राप्त हुन सकेको छैन् । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले विमा कार्यक्रमको करोडौं रकम विमा वोर्डाट भुक्तानी नहुँदा प्रतिष्ठानको उपचार सेवामा निकै ठुलो समस्या आइलागेको बताउनु भयो ।
पछिल्लो पटक चौतर्फी दवावका वावजुद केही रकम भुक्तानि भएपनि करोडौको ठुलो रकम भुक्तानि नहुदा विमा कार्यक्रमवाट उपचार सेवा दिन गाह्रो हुदै गएको उहाँले बताउनु भयो । विमा वोर्डलाई विमाको रकम भुक्तानि गर्न प्रतिष्ठानवाट फेरीपनि पत्राचार गरेर ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । सर्वसाधारणले विमावाट प्राप्त गरीरहेको सेवालाई नटुटाउनका निमित्त विमा वोर्डले समयमै पैसा भुक्तानि गरीदिन पनी रजिष्ट्रार लम्सालले आग्रह गर्नु भयो । प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराईले दिएको जानकारी अनुसार विमा कार्यक्रमबाट साउनमा ४ हजार ४६ जना, भदौमा ४ हजार १ सय ४७ जना, असोजमा ४ हजार ४ सय २४ जना, कार्तिकमा २ हजार ८ सय ८० जना, मंंसिरमा ३ हजार ९ सय ५२ जनाले सेवा पाएका छन् ।
यसैगरि पुसमा ४ हजार ९० जना, माघमा ३ हजार १ सय ९२ जना, फागुनमा ३ हजार ८ सय १३ जना र चैतमा ३ हजार ८ सय ९९ जनाले विमाबाट सेवा लिएको प्रतिष्ठानका विमा फोकल पर्सन दुर्गा श्रेष्ठले बताउनु भयो ।
यसैबीच विमा कार्यक्रमबाट सेवा लिने विरामीहरुको सेवा लिने दिन नै विमाबापतको रकम दावी हुने भएको छ । विमा फोकल पर्सन दुर्गा श्रेष्ठले जेष्ठ १ गतेदेखि आजको आजै विरामीको विमाको रकम दावी गरी सक्नुपर्ने प्रावधान भएकाले सो अनुसार काम भइरहेको बताउनु भयो । ‘यसअघि विमाबाट ओपिडि सेवा लिन आउने विरामीहरुले एक हप्तासम्म आफ्ना कागजात बुझाउन सक्ने प्राब्धान थियो, अहिले चाहिँ विरामीले ओपिडि सेवा लिएको दिन नै विमाको रकम दावी गर्ने भएकाले आफ्ना कागजात पनि सोही दिन नै विमा काउन्टरमा बुझाउनु पर्ने हुन्छ' फोकल पर्सन श्रेष्ठले भन्नुभयाे, ‘विमाबाट इमरजेन्सीमा उपचार गर्न आएका विरामीको हकमा विरामी जतिबेला डिष्चार्ज हुन्छ, त्यतिवेला नै कागजात पेश गरेपछि विरामीको विमा रकम दावी गरिन्छ ।’ उहाँले विमाबाट अप्रेसन गर्न आउने विरामीहरुको हकमा ओपिडि कार्डमा लेखिएको सम्पर्क मितिमा अनिवार्यरुपमा अस्पतालको विमा काउन्टरमा आई विशेषज्ञ चिकित्सक समक्ष जानु पर्ने र विरामी डिष्चार्ज हुने बेला विमाको सम्पुर्ण आवश्यक कागजात बुझाउनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच