
काठमाडौं । बलिउड गायक अतिश बोडालियाको नयाँ गीत ‘क्या करुँ बता’को टीजर सार्वजनिक भएको छ । जहाँ नेपाली मोडल दीपक घिमिरे फिचर्ड हुनुहुन्छ । घिमिरे अन्तर्राष्ट्रिय मोडलको रूपमा परिचित हुनुहुन्छ ।
एफएमडी म्युजिकद्वारा प्रस्तुत उक्त गीतको भिडियो आगामी साता सार्वजनिक हुँदैछ । उक्त भिडियोमा अभिनेता तथा मोडल घिमिरेलाई मोडल पूर्णीका सिजापतिले अभिनयमा साथ दिनुभएको छ । नेपालका प्राकृतिक सौन्दर्य झल्किने लोकेशनमा छायांकन गरिएको यो भिडियोको निर्देशन नितिन चन्दले गर्नुभएको हो ।
मासमिथको शब्द तथा संगीतको यो रोमान्टिक गीतलाई बलिउडकै थिममा तयार पारिएको छ । भिडियोको छायांकन तथा सम्पादन नितिन चन्दले नै गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच