काठमाडौं । नागरिक लगानी कोष र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इस्टिच्युट प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ र हस्पिटलका अपरेसन डाइरेक्टर सिएन वैद्यले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतासँगै कोषका सहभागी, सेयरधनी, कर्मचारी र आश्रित परिवारलाई चिरायु हस्पिटलले औषधोपचारमा छुट दिनेछ । कोष सञ्चालक समितिका सदस्य, कोष कर्मचारी र कर्मचारीका आश्रित परिवारले बेडमा १०, डाइग्नोष्टिकमा १०, औषधिमा पाँच प्रतिशत छुट पाउनेछन् भने उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच