
काठमाडौं । अभिनेत्री प्रियंका कार्की अभिनित रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलरलाकी’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर रहेको गीतमा सिवाकोटीलाई गायनमा गायिका मिलन नेवारले साथ दिनुभएको छ । गीतको भिडियोको अभिनयमा प्रियंकालाई गम्भीर विष्टले साथ दिनुभएको छ । भिडियो निर्देशनसमेत विष्टले नै गर्नुभएको हो ।
प्रियंकाको यो भिडियोसहित आरजे इन्टरटेनमेन्टकोे औपचारिक युट्युब च्यानल सुरुवात गरिएको थियो । सुरुवातको कोसेलीस्वरूप आरजे इन्टरटेनमेन्टले आनी छोइङ्डोल्माको स्वरमा ‘आकाश उज्यालो आकाशैको ताराले, जिन्दगी अध्यारो लोभीपापी पाराले’ गीत र हाँस्यकलाकार राजेन्द्र नेपाली ‘लट्टे’को ‘हट पोटेटो’ नामक धारावाहिक कमेडी पनि बाहिर ल्याएको छ ।
‘रमाइलोको साथी’ नारासहित सुरु भएको आरजे इन्टरटेनमेन्ट दर्शकलाई विशुद्ध मनोरञ्जनका विभिन्न खुराक पस्कने द्दश्यले ल्याइएको आरजे इन्टरटेनमेन्टका सञ्चालक राजु केसीले बताउनुभयो । ‘आकाश उज्यालो..’मा राजनराज सिवाकोटीको संगीत तथा राजु केसीको शब्द छ ।
सार्वजनिक दुवै गीतको भिडियोका निर्माण सल्लाकार सुवाशराज काफ्ले हुनुहुन्छ । आरजेले यो वर्ष आफ्नै लगानीमा २५ गीतसंगीत, २५ धारावाहिक सिरियल र २५ बाहिरको कन्टेन्ट गरेर ७५ कन्टेन्ट ल्याउने लक्ष्य बनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच