
नयाँदिल्ली । आइपिएलको प्लेअफमा पुग्ने चारवटै टिमको टुंगो लागेको छ । चेन्नाई सुपर किंग्सविरुद्ध २७ रनको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुग्ने चौथो टोली बनेको छ ।
शनिबार राती एम चिन्नास्वाम रंगशालमाा भएको खेलमा बेंगलुरुले टस हारेर पहिले ब्याटिङ गर्दै २१८ रनको योगफल खडा गरेको थियो । २१९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा १९१ रनमात्र बनाउन सक्यो ।
चेन्नाईलाई प्लेअफमा पुग्न २०१ रन बनाउनुपर्ने थियो । तर, अन्तिम ओभरमा २०१ रन पूरा गर्न १७ रन आवश्यक भए पनि चेन्नाईले सात रनमात्र बनाउन सक्यो । यता, बेंगलुरुलाई भने प्लेअफमा पुग्न १८ रनको जित पर्याप्त थियो ।
लिग चरणबाट कोलकाता नाइट राइडर्सले शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेको हो । यस्तै, राजस्थान रोयल्स र सनराइजर्स हैदरावादसँगै रोयल च्यालेन्जर्स बेंगलुरु चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच