
मुगु । नेपालकाे उत्कृष्ट मुख्य पर्यटकीय गन्तव्य रारा घुम्न १० महिना दश हजार बढी पर्यटक पुगेका छन् ।
गत साउन १ गतेदेखि बैशाख मसान्तसम्ममा आन्तरिक पर्यटक १० हजार तीन सय ४१ जना, सार्क मुलुकबाट ४३ र अन्य बिदेशी मुलुकबाट एक सय ९५ जना गरी १० हजार पाँच सय ७९ जना पर्यटकले रारा भ्रमण गरेका हुन् ।
रारा राष्ट्रिय निकुञ्जको कार्यालय हुटु मुगुका सूचना अधिकारी जयहरी धितालले दिनु भएको जानकारी अनुसार चालु आर्थिक बर्षको १० महिना मै दश हजार ५ सय ७९ जना पर्यटकले रारा भ्रमण गर्न पुगेका थिए ।
दसैं-तिहार बिदामा रारामा आन्तरिक पर्यटक रारा घुम्न आएका उहाँकाे भनाइ छ । यस बर्षको सबैभन्दा धेरै कार्तिक महिनामा तीन हजार ४ सय ९२ जना पर्यटक रारा घुम्न आएका थिए । भने सबैभन्दा कम साउन महिनामा एक सय २६ जना रारा पुगेका थिए ।
चालु आवको बैशाख मसान्तसम्म रारा घुम्न आउने पर्यटकबाट उठाइएको प्रवेश शुल्क, डुङ्गा चडेको र अन्य शुल्क गरि निकुन्जले तीस लाख ६३ हजार ७९१ राजस्व संकलन गरेको पनि रारा राष्ट्रिय निकुन्जका सूचना अधिकारी धितालले बताउनु भयो । जम्मा राजश्व मध्य २५ लाख ३० हजार पर्यटकबाट र बाकी राजस्व ५ लाख ३३ हजार ७८१ दण्ड, जरिवाना, काठ दाउरा, लगायतबाट उठेको निकुन्जले जनाएको छ ।
गत आब भरिमा ११ हजार एक सय ९१ स्वदेशी पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ जना र अन्य विदेशी एक सय ८३ पर्यटक रारा घुम्न आएका थिए ।
निकुन्जले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रति व्यक्ति एक सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र सार्क मुलुक बाहिरका पर्यटकबाट प्रति व्यक्ति तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको छ ।
डुङ्गा चढेको प्रती ब्यक्ति पाँच सयका दरले शुल्क उठाउने गरिएकोमा २० प्रतिशत निकुञ्जको कार्यालयमा, बाकी ८० प्रतिशतमा ४० प्रतिशत डुङ्गा चालक र ४० प्रतिशत मध्यवर्ती क्षेत्र विकास समितिमा राख्ने गरिएको छ । हवाई मार्गबाट लगभग ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक रारा घुम्न आउने गरेका छन् ।
सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन सकेको छैन ।अर्को तिर रारा क्षेत्रमा पर्यटकलाई बास बस्ने सुविधायुक्त होटल र मनोरञ्जनका साधन समेत छैनन् ।
भरपर्दो सडक, सुविधा सम्पन्न होटल, नहुँदा पर्यटकले बाटोमा सास्ती खेप्नु परेको गुनासो रारा पुग्ने पर्यटकहरुले गर्दैआएका छन् ।
कोरोना महामारीका कारण चार वर्षसम्म थला परेको राराको पर्यटन क्षेत्र यो बर्षको दस महिनामै राम्रै संख्यामा पर्यटक आउदा बाँकी दुई महिनामा पर्यटकको संख्या वृद्धि हुनसक्ने निकुञ्जले अनुमान गरेको छ ।
रारा घुम्न आउने पर्यटकका लागी यो मौसम एकदमै उपयुक्त मानिने र जेठदेखि असोजसम्म हरियाली हुने विभिन्न प्रजातिका फुलहरु फुल्ने राराको सुन्दरतामा झनै रमणीय, मनोमहक हुने गरेको छ ।
रारामा घुम्ने सिजन बार्है महिना मानिन्छ यहाँ बैशाख -भाद्रसम्न गर्मी छल्न, हरियाली रारामा घुम्न, असोज-मन्सिरसम्म विदा मनाउन, पुस-चैत्रसम्म हिउँ खेल्न र हिमालयहरुको दृश्यावलोकन गर्न पर्यटकहरु रारा पुग्ने गर्दछन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच