जहाँ गएर मान्छे खुशी हुन्छन् त्यो स्थानलाई मन्दिर भनिन्छ (शब्दकल्पद्रुम) । देवताको घर, पवित्र स्थान, देवालय आदि मन्दिरका पर्याय नाम हुन् । मन्दिरलाई पवित्रस्थानका रूपमा नै लिइन्छ । शब्दकोशमा पनि मन्दिरको अर्थ खुशी हुने स्थानविशेष नै बताइएको छ । विशेषतः मनको मयललाई पखाली शुद्ध पवित्र भावनाको जागृत गराउने देवालय विशेष नै मन्दिर हुन् । शास्त्रमा मन्दिर, देवालय एवं तीर्थस्थलको विशेष महिमागान गरिएको छ । देवताका क्रीडास्थल विशेष पनि मन्दिरका रूपमा पूज्य छन् । मन्दिर दर्शन एवं देवमूर्तिको पूजा पद्धति सनातन कालदेखि नै चलिआएको पाइन्छ । आस्थाको पवित्र केन्द्रलाई पनि मन्दिर भन्न सकिन्छ ।
हरेक धर्मका आ-आफ्ना आस्थाका केन्द्र देवालयहरू छन् । विधि र पद्धति भिन्न भए पनि मूलतः आत्मिक भावको जागृतिका निम्ति नै मन्दिर जाने गरिन्छ । दैविक शक्तिले आविर्भाव भएका स्थान विशेषमा यस्ता मन्दिर वा देवस्थल रहने गर्दछन् । जुन सर्वथा पवित्र मानिन्छन् । आत्मिक वा ईश्वरीय विषयवस्तुको ज्ञानका निम्ति दर्शनको गहिराइमा पुग्नुपर्ने हुन्छ । यस्ता विषयवस्तुको रहस्य दर्शनशास्त्रको साहाराबिना जान्न कठिन हुन्छ । यही कुरा बुझाउन वेद, वेदान्त, ब्राहृमण, आरण्यक, उपनिषद्, रामायण, महाभारतजस्ता कृतिहरू रचना भएका हुन् । अठार पुराणले पनि यही ईश्वरीय तत्वज्ञानको नै चर्चा गरेका छन् ।
भौतिक रूपमा पनि मन्दिर दर्शनले व्यक्ति पवित्र रहन प्रेरित गर्दछ । पवित्र रहनुपर्दछ भन्ने भावको जागृत हुन्छ । जसरी हामी मन्दिर दर्शनका निम्ति पवित्र रहन्छौँ त्यसैगरी सधैँ पवित्र बन्न सक्नुपर्दछ । मनमा राग, द्वेष, अहंकार आदि असत् पक्षलाई त्याग्न सक्नुपर्दछ ।
कथामार्फत् तत्त्व ज्ञान गराउने कार्य रामायण, महाभारत, पुराणमा भएको छ भने अन्य ग्रन्थमा सूत्रात्मक व्याख्या गरिएको छ । कथा सरस र सम्वेद्य हुने भएकाले पनि ईश्वरीय तत्व जान्नका निम्ति पुराण श्रवण विशेष हुने गर्दछन् । बालबालिकालाई पनि कुनै कुरा बुझाउनु पर्दा त्यसको अर्थ भनेर भन्दा पनि उक्त विषयसम्बद्ध कथाबाट बताउने हो भने त्यो चाँडै बोध्य हुन्छ । कहिल्यै नबिर्सिने पनि हुन्छ । यसै गरी ईश्वरीय तत्व ज्ञानको बोध गराउने दिव्यकथा रामायण, महाभारत एवं पुराणमा वर्णन छन् । पुराणको सार पनि ‘परोपकार पुण्याय पापाय परपीडनम्’ हो । पुण्यका निम्ति परोपकार र पापका निम्ति परपीडन अर्थात् पुण्य आर्जनका निम्ति परोपकारी बन्नुपर्छ अरूलाई पीडा दिने पाप कर्म त्याग्नुपर्दछ । सत्कर्ममा लाग्नुपर्दछ । यही सत्कर्मको मार्गर्दशक मन्दिर हो ।
पवित्र, शुद्ध, सात्विक वृत्ति नै आत्मासाक्षत्कार वा ईश्वरीय साक्षात्कारको मूल प्रवेशद्वार हो । हरेक धर्ममा परोपकारलाई पुण्य आर्जनको मार्ग बताइएको छ । पवित्र स्थानमा बसेर नै पवित्र विषयवस्तुको बोध गर्न सकिन्छ । यसरी आत्मिक बोधका निम्ति आवश्यक पर्ने पवित्रस्थल देवालय हो । अर्थात् सत् तत्वको मनमा जागृत गराउन, पवित्र भावनाका साथ आत्मिक ज्ञानका निम्ति मन्दिर दर्शन गरिन्छ । देवी देवताको उपासना गरिन्छ । आफूभित्रको सत् तत्वको जागृत गराउने कार्य यसअन्तर्गत हुने गर्दछ । जहाँ मनका मयल विरेचित हुन्छन् र सत् पक्षको जागृति हुने गर्दछ ।
हामी अनन्त शक्तिका संवाहक हौँ । हामी स्वयं ब्रहृम वा ईश्वर हौँ । मानव विशेषमा असाध्य कुरा केही छैन । संसारमा सबै कुरा महत्वका छन् ।
‘अमन्त्रमक्षरं नास्तिनास्तिमूलमनौषधम् ।
अयोग्य पुरुषो नास्ति योजकस्तत्रदुर्लभ ।।’
अर्थात् संसारमा काम नलाग्ने केही पनि छैन । हरेकको उत्तिकै महत्व रहने गर्दछ । योजकको मात्र कमी हो । मन्दिर जानेबित्तिकै भगवत् प्राप्ति हुन्छ भन्ने छैन । ईश्वर वा आत्मतत्त्वको जागृत गराउने पहिलो मार्ग मन्दिरलाई लिन सकिन्छ । यसरी मन्दिरमा देवदर्शनद्वारा सत् वृत्तिमा लाग्ने प्रेरणा प्राप्त हुन्छ । आफूमा ऊर्जाको प्रवाह हुन्छ । उत्साह, उमंग र आत्मविश्वास मिल्ने गर्दछ । जसले सत् कार्यमा अग्रसार हुन, तत् कुराको चिन्तन गर्न र सो अनुसारको आचरण एवं व्यवहार गर्न मद्दत पुग्ने गर्दछ ।
भौतिक रूपमा पनि मन्दिर दर्शनले व्यक्ति पवित्र रहन प्रेरित गर्दछ । पवित्र रहनुपर्दछ भन्ने भावको जागृत हुन्छ । जसरी हामी मन्दिर दर्शनका निम्ति पवित्र रहन्छौँ त्यसैगरी सधैँ पवित्र बन्न सक्नुपर्दछ । मनमा राग, द्वेष, अहंकार आदि असत् पक्षलाई त्याग्न सक्नुपर्दछ । स्वयं आफ्नो आत्मिक वृत्तिको जागृतिका निम्ति गर्ने हो । सङ्कल्पपूर्वक अरूको कार्य पनि मन्दिरमा गर्ने विधिविधान पाइन्छन् । यसरी गरिएका कार्यको सम्बन्धित व्यक्तिलाई जानकारी गराउनाले उक्त व्यक्तिमा पनि पवित्र भावनाको जागृत हुन्छ । सो पवित्र भावनाले आत्मिक शक्ति प्राप्त हुन्छ फलस्वरूप कार्यमा सिद्धि हुने गर्दछ ।
मन्दिर दर्शन गर्नेबित्तिकै सबै काम पूरा हुन्छन्, भनेको पुग्छ त्यसपछि केही गर्नुपर्दैन, जे गरे पनि हुन्छ भन्नु गलत हो । डोकामा दूध दुहेर नअडिएजस्तै उपयुक्त पात्र पनि बन्न सक्नुपर्दछ । तदनुसारको कर्म गर्नुपर्दछ । यसैले गीतामा ‘कर्म गर फलको आश नगर’ भनी निर्देश गरिएको छ । कर्मको वेदीमा होमिनुपूर्व तत् कार्यमा हामी पूर्णरूपमा लगनशील हुनुपर्दछ । उक्त कार्यलाई सफलताका साथ सम्पन्न गर्न आवश्यक विषयवस्तुको पनि तयारी गर्नुपर्दछ । तत् कार्यप्रतिको कर्मपश्चात् पनि फल प्राप्ता नहुनसक्छ । यसैले फलको आशा राखेर कर्म नगर्नू भनिएको हो । चरेवैति अर्थात् गर्दै जाऊ अघि बढ्दै जाऊ भन्ने सिद्धान्तमा आधारित रहेर कार्य गर्नुपर्दछ ।
यसरी मनलाई पवित्र तुल्याउन एवम् आफूमा भएको शक्तिलाई जागृत गराउन देव तीर्थस्थलको दर्शन आवश्यक हुन्छ । जसबाट आफूमा भएको आत्मिक पक्षको बोध हुने गर्दछ । जसरी हामी चलचित्र हेरेपछि उक्त कथाको भावमा आकृष्ट हुन्छौँ । सोही कुरालाई चिन्तन मनन गर्छौं त्यसैगरी मन्दिर दर्शनबाट पनि हामीमा सकारात्मक ऊर्जाको प्रवाह हुन्छ । मन्दिर दर्शन मन्दिरका निम्त गर्ने होइन व्यक्तिका निम्ति हुने गर्दछ । मन्दिर आत्मसाक्षात्कार गर्ने पवित्रस्थल हो । आफूलाई पवित्र तुल्याई आफैँभित्रको शक्तिलाई जागृत गराउने हो । जसरी कोरोनालाई जित्न इम्युन पावर चाहिन्छ त्यसैगरी हामीमा भएका विकृत तत्वलाई जित्न र त्यसबाट माथि उठ्न मन्दिर आवश्यक पर्ने गर्दछ । मनलाई शुद्ध बनाउने र आत्मिक पक्षलाई जागृत गर्ने कार्य मन्दिर दर्शनबाट मिल्ने गर्दछ ।
ब्रहृम र ब्रहृमा पनि फरक कुरा हुन् । ब्रहृमाजी साकार सृष्टिकर्ता हुन् भने ब्रहृम निराकार ईश्वर । जो हरेक कण कणमा विद्यमान व्याप्त पाइन्छ । सोही ईश्वरीय तत्त्वलाई मनको जालोले ढोककको छ । यही जालो पन्छाउन हामी मन्दिर जाने गर्दछौँ ।
जसरी आफ्नै अनुहार हेर्न ऐनाको साहारा लिनुपर्छ त्यसैरी आफूभित्रको भगवत् तत्वलाई जागृत गराउन मन्दिर जाने गरिन्छ । ब्रहृमज्ञानीलाई मन्दिरको आवश्यकता पर्दैन । हामीमै ईश्वरीय आविर्भाव विद्यमान छ । ‘अहंब्रहृमास्मि’ भनेर त्यत्तिकै वेदान्तमा भनिएको होइन । हामी स्वयंमा ईश्वरीय अंश हौँ । आफूमा भएको ईश्वरी तत्वको जागरणका निम्ति मन्दिर आदि तीर्थमा देवदर्शन गर्ने हो । आफ्नो स्वरूपको पहिचान गर्ने हो ।
पुराणले पनि यही आत्मसाक्षात्कारका कथा बताएका छन् । हामी स्वयं हिरण्यकशिपु हौँ अनि हामी नै प्रहृलाद पनि हौँ । हामी कंश पनि हौँ र कृष्ण पनि हौँ । कर्मद्वारा आत्मिक ज्ञानका निम्ति यज्ञयागादि लाइन्छन् । ज्ञानद्वारा ईश्वरीय साक्षात्कार गर्न ज्ञान महायज्ञ हुने गर्दछन् । मूल रूपमा हामी आफूभित्रै ईश्वर रहेका छन् । आफूमा रहेको ईश्वरीय तत्त्वलाई जागृत गराउन मन्दिर, मस्जिद् गिर्जाघर आदि जाने गरिन्छ । हरेक धर्मका आआफ्ना मन्दिर छन् । सबैले त्यहाँ गई आआफ्ना विधिअनुसार आफूलाई आत्मसाक्षात्कारका निम्ति प्रार्थना गर्दछन् ।
सर्व प्रथमतः हामी हरेक व्यक्ति ईश्वरीय अंश हौँ । वैशेषिक दर्शनमा यही कुरालाई दर्शाइएको छ । हरेक परमाणुमा ईश्वर सिद्धि गरिएको छ । प्रमाणद्वारा ईश्वर सिद्धि न्यायदशर्नमा बताइएको छ । कर्मकाण्डद्वारा ईश्वरसिद्धि मीमांसामा बताइएको छ । प्रकृति र पुरुषको ज्ञानबाट ईश्वर ज्ञानका उपाय साङ्ख्य दर्शनमा बताइएको छ । गीता वेदान्त हो । ‘अहं ब्रहृमास्मि’ वेदान्त दर्शन हो । यी दर्शनको साहाराले नै ईश्वरीय सत् पक्षको ज्ञान गर्न सकिन्छ । हामीभित्र रहेको सत् तत्त्व नै ईश्वर हो । आजको विज्ञानले मनभन्दा माथिको कुरा मान्दैन । मन र आत्मा फरक कुरा हुन् ।
ब्रहृम र ब्रहृमा पनि फरक कुरा हुन् । ब्रहृमाजी साकार सृष्टिकर्ता हुन् भने ब्रहृम निराकार ईश्वर । जो हरेक कण कणमा विद्यमान व्याप्त पाइन्छ । सोही ईश्वरीय तत्वलाई मनको जालोले ढोककको छ । यही जालो पन्छाउन हामी मन्दिर जाने गर्दछौँ । पुराणका कथा सुन्ने गर्दछाँै । पुराण इतिहास एवं दर्शनको साहारा लिने गर्दछौँ । मन विकारी तत्व हो । मन, बुद्धिभन्दा पनि पर रहेको सत्त्व आत्मा हो । आत्मा अजर अमर रहन्छ । हरेकमा रहने आत्मतत्वको साक्षात्कार गर्ने एक माध्यम मन्दिर दर्शन हो ।
अजर अमर आत्मासाक्षात्कार गर्नु भनेको मनको मयललाई पन्साउनु हो । विकृत मनलाई सकृत् तुल्याउन मन्दिरको दर्शन गरिन्छ । मन्दिर दर्शन मानवका निम्ति ऊर्जाको संवाहक पनि हो । मनका विकारबाट मुक्त व्यक्ति अधिक शक्तिशाली हुने गर्दछन् । यसैले आफैँलाई पवित्र तुल्याउन आत्मसाक्षात्कारका निम्ति मन्दिर दर्शन गरिन्छ । दर्शनका लौकिक र पारलौकिक फल पनि शास्त्रमा वर्णन गरिएको छ । मूलतः सत् पक्षको जागृतिका निम्ति नै मन्दिर दर्शन आवश्यक हुन्छ ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच