नयाँदिल्ली । भारतमा जारी लोकसभा चुनावको छैटौं चरणको मतदान शनिबार सम्पन्न भएको छ । शनिबार ६ वटा राज्य र दुई केन्द्र शासित प्रदेश (युटी)मा फैलिएको ५८ संसदीय निर्वाचन क्षेत्रमा सम्पन्न भएको हो । बिहान ७ बजे सुरु भएको मतदान साँझ छ बजेसम्म जारी रहेको थियो ।
छैटौं चरणको मतदानमा विहारका आठ, हरियाणाका सबै, जम्मु-कश्मीरको एक, झारखण्डका चार, दिल्लीका सात, ओडिसाका छ, उत्तर प्रदेशका १४ र पश्चिम बंगाालका आठ सिटका लागि मतदान भएको थियो । जसमा कुल ८८९ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
छैटौं चरणमा ओडिसाका ४२ वटा विधानसभा निर्वाचन क्षेत्रमा पनि मतदान भएको छ । जहाँ लोकसभा चुनावसँगै विधानसभा चुनाव भइरहेको छ । यस चरणमा दिल्ली र हरियाणाका सबै संसदीय सिटमा मतदान भएको छ ।
आमचुनावको पहिलो पाँच चरणमा २५ राज्य र केन्द्र शासित प्रदेशका ४२८ संसदीय निर्वाचन क्षेत्रमा यसअघि मतदान भइसकेको छ । जहाँ ११.१३ करोडभन्दा बढी मतदातामध्ये ५.८४ करोड पुरुष, ५.२९ करोड महिला पाँच हजार १२० तेस्रो लिगंका मतदाता छन् । निर्वाचन सञ्चालन गर्न करिब ११.४ लाख मतदान अधिकारी संलग्न छन् ।
जहाँ ८५ वर्षभन्दा माथिका ८.९३ लाख दर्ता भएका मतदाता, १०० वर्षभन्दा माथिका २३ हजार ६५९ मतदातालाई लोकसभा चुनावको अन्तिम चरणमा आफ्नो घरबाट मतदान गर्ने विकल्प प्रदान गरिएको छ । जम्मु-कश्मीरको अनन्तनाग-राजौरी लोकसभा निर्वाचन क्षेत्रमा आइतबार मतदान हुनेछ ।
निर्वाचन समितिले मतदानको मिति परिवर्तन गर्न निवेदन प्राप्त गरेपछि मतदानको मिति मे-७ बाट २५ सम्म संशोधन गरेको थियो । सातौँ चरणको मतदानपछि जुन-१ मा लोकसभा सम्पन्न हुनेछ जसमा ५७ निर्वाचन क्षेत्रका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । निर्वाचनको परिणाम भने जुन-४ मा घोषणा गर्ने जनाइएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच