
काठमाडौं । वरिष्ठ हास्यकलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विवादित पछिल्लो सार्वजनिक अभिव्यक्तिलाई लिएर माफी माग्नुभएको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउको विषयमा दिएको अभिव्यक्ति भुलवश भएको भन्दै उहाँहरुले माफी माग्नुभएको हो ।
एक कार्यक्रमका लागि अस्ट्रेलियामा रहनुभएका उहाँहरुले भिडिओ सन्देश जारी गर्दै अदालतमा विचाराधीन मुद्दामा बोलेर गम्भीर गल्ती गरेको उल्लेख गर्नुभएको छ । ‘एक टेलिभिजनमा बोल्न प्रस्ताव आयो । अचानक आएको प्रस्तावमा बोल्दा हामीबाट त्रुटि भएको छ । नबोलेको भए पनि हुने थियो ।’ श्रेष्ठले भन्नुभएको छ ।
‘अदालतमा विचाराधीन मुद्दामा नबोलेको भए पनि हुने थियो । बोलेर गल्ती गरियो, यति धेरै वर्ष माया गरिदिनु भयो । अब पनि सबै कुरा बिर्सेर हामीलाई माया गरिदिनु होला ।’ आचार्यले थन्नुभएको छ ।
केहीदिनअगाडि नागरिकता किर्ते मुद्दामा पक्राउ पर्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको पक्षमा उहाँहरुले अभिव्यक्ति दिनुभएको थियो ।
अभिव्यक्तिको कारण सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि महजोडीले माफी माग्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच