रत्ननगर अस्पताललाई २० लाखकाे स्वास्थ्य उपकरण सहयोग

हिमालय टाइम्स
Read Time = 3 mins

-हाेमनाथ सापकाेटा

चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पताललाई २० लाख मुल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरिएको छ । भरतपुर-७ स्थित लायन्स क्लव अफ कृष्णपुरले विरामीको शल्यक्रियामा प्रयोग हुने नौं प्रकारका उपकरण अस्पताललाई हस्तान्तरण गरेको हो ।

लायन्स क्क्लवका अगुवा सुरेशचन्द्र आचार्यको पहलमा सो क्लवले अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको हो । अस्पतालमा आयोजित एक औपचारिक कार्यक्रममा क्लवका अध्यक्ष समिर मरहठ्ठाले अस्पताल विकास समितिका अध्यक्ष गोपालराज कर्मचार्यलाई हस्तान्तरण गर्नुभयाे ।

रत्ननगरका मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा अस्पतालका मेसु डा. मदन ज्ञावलीले अस्पतालप्रति बढ्दै गएको जनविश्वास गुम्न नदिन उपचार पद्दतीलाई थप प्रभावकारी बनाउदै लगेको बताउनुभयाे । दैनिक ८०० बढी विरामीको उपचार गर्दै आएको सो अस्पताल विमाका विरामीको उपचार गरेबापत सरकारबाट आउने रकमबाट सञ्चालन गर्नुपरेको छ ।

कार्यक्रममा मेयर सापकोटाले रत्ननगर अस्पतालको सेवालाई प्रभावकारी बनाउन विशेषज्ञ डाक्टरको दरबन्दी थप, उपकरण, उपचार पद्दतीलाई सहज बनाउन स्थानीय सरकार लागि परेको बताउनुभयाे ।

क्लवका अध्यक्ष मरहठ्ठाले क्लवले सामाजिक उत्तरदायित्व बहन गर्दै बार्षिक कार्यक्रमअन्तर्गत अस्पताललाई उपकरण सहयोग गरेको बताउनुभयाे । स्थापनाको छोटो समयमै स्वास्थ्य उपचारमा स्तरिय सेवा प्रदान गर्दै आएको रत्ननगर अस्पतालमा उपकरण आवश्यक रहेको जानकारी पाएपछि सहयोग गरिएको उहाँको भनाई छ ।

उपकरण हस्तान्तरण कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष कर्मचार्य, लायन्स क्लवका निर्वतमान डिष्ट्रिक गभर्नर सिद्धार्थलाल चुके, डिष्ट्रिक गर्भरन इलेक्ट दिनानाथ न्यौपानेलगायतले मन्तव्य राख्नुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?