नेपाल पत्रकार महासंघ झापा शाखामा प्रेस चौतारीद्वारा तालाबन्दी

हिमालय टाइम्स
Read Time = 4 mins

-राजेन्द्र गाैतम

झापा । नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणको पूर्वनिर्धारित विधि र मापदण्ड विपरीत काम गरेको भन्दै प्रेस चौतारीले महासंघ शाखा कार्यालय झापामा ताला लगाएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले हस्ताक्षर गरेको महासंघ सदस्य सूची बाहिरिएपछि बिच्किएको चौतारीले बिरोधको देशव्यापी लहरमा आफूलाई उभ्याउँदै महासंघ झापा कार्यालमा आफ्नो ताला लगाएको हो ।

झापाली पत्रकारितामा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेका, पत्रकारिताको मूल प्रवाहमा आफ्नो सीप र मेहनत खर्चिएका पत्रकारको छानीछानी सदस्यता खोसेको आरोप चौतारीले लगाएको छ ।

सदस्यता शुद्धीकरणको समान विधि र प्रक्रिया अवलम्बन गर्न, सार्वजनिक नामावली अविलम्ब सच्याउन चौतारी झापाले माग गरेको छ ।

चौतारीका झापा अध्यक्ष मनकुमार गदालले संगठनका मागलाई नजरअन्दाज नगर्न चेतावनी दिनुभएको छ । संगठनका केही नेताको चौतारीमा आस्था राखेकै कारण सदस्यता खोसेको अध्यक्ष गदालको आरोप छ ।

चौतारी झापाले जुन माग सार्वजनिक गरेर महासंघ कार्यालयमा ताला लगाए पनि झापाको वास्तविकता यथार्थमा फरक छ । महासंघको पूर्वकेन्द्रीय सदस्य तथा झापा शाखाका पूर्वअध्यक्ष गणेश पोखरेललगायत केही नेताको नाम शुद्धीकरणमा परेपछि चौतारी झापा आक्रोशित भएको हो ।

चौतारीका एक नेताले भन्नुभयो," हामी छुटेका अरु साथीहरूको नाम समावेश गर्नुपर्छ भन्ने आग्रह गरिरहेका थियौँ" उहाँले भन्नुभयो, " गणेश पोखरेलकै नाम हटाएर नामावली सार्वजनिक गरियो, अनि संगठन ताला लगाउन बाध्य भयो ।"

उहाँले सावित्रा दाहाल, लक्ष्मी उप्रेतीलगायतको नाम हटेकोमा असन्तुष्टिसमेत जनाउनुभयो । दाहाल त्रिदेव क्याम्पसमा चारआलीमा प्राध्यापन गर्नु हुन्छ भने उप्रेती मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेतीको प्रेस संयोजकको जिम्मेवारीमा हुनुहुन्छ ।

हिजो सार्वजनिक भएको नामावलीमा पोखरेललगायत राजनैतिक दलको नेतृत्वमा रहेका केही सदस्यको नाम महासंघले हटाएको छ । सार्वजनिक सूचीमा नाम समावेश नहुनु भएको पोखरेल नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमासमेत हुनुहुन्छ ।

यसैबीच प्रेस सेन्टर झापाले सदस्यता शुद्धीकरणप्रति आपत्ति जनाएको छ । सेन्टरका झापा सचिव पुष्प खड्काले सार्वजनिक नामावली शुद्धीकरण मापदणड विपरीत भएको दाबी गर्नुभयो । विज्ञप्ति निकालेर सार्वजनिक नामावली सच्याउन उहाँले माग गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?