काठमाडौं । अष्ट्रेलियाको क्यापिटल ट्रेरिटोरी प्रान्तमा हुन गइरहेको प्रान्तिय चुनावमा नेपालकी चेली स्नेहालता केसीले उम्मेदवार बन्ने हुनुभएको छ । उहाँ त्यहाँ हुने निर्वाचनमा प्रदेशसभा पदका लागि उम्मेदवार बन्न लाग्नुभएको हो ।
सानैदेखि वृद्धबृद्धाहरू र मानाब सेवामा रुचि राख्ने उहाँलाई एक सभामा अरु प्रतिसपर्धीबीच सात मिनेट भाषण बोलन दिइएको थियो । त्यहाँ उहाँले आफ्नो बोलीमार्फत प्रतिस्पर्धिलाई पनि चकित बनाउनुभएको थियो । उहाँले समसामयिक बिषय दिएको अभिब्यक्तिले सबैको मन जितेको थियो । त्यहाँ भोटिङ चेक र प्रश्नउत्तोर पनि भएको थियो । जसबाट चुनाबमा उम्मेदवार बन्न उहाँ चुनिनुभएको हो ।
अष्ट्रेलिया क्यापिटल ट्रेटोरीमा विगत २८ वर्षदेखि लेबर नामक पार्टी सरकारमा छ । निरन्तर २८ वर्षसम्म एउटै पार्टीको सरकार भएपनि जनताका आवश्यकता अनुसारको काम नहुँदा जनताहरूमा बितृष्णा छाउदै गएपछि त्यहाँ अहिले नयाँ राजनीति दल स्थापन हुने क्रम जारी छ । क्याम्बेरिया प्रान्तका जनता पनि पुराना राजनीति दलको विकल्पको रुपमा पुराना राजनीति दलप्रति छाउदै गएको बितृष्णा र निराशाले नयाँ दलप्रती चासो दिन थालेका छन् । त्यहाँ विकल्पको रुपमा क्यापिटल ट्रेरोटोरीमा इन्डिपेन्डेन्स फोर क्यान्बेरा नाम गरेको नयाँ राजनीति दल खोलिएको छ । सोही पार्टीबाट स्नेहा चुनाब लड्ने हुनुभएको हो । उहाँ त्यहाँस्थित निर्वाचन क्षेत्रका मतदाताकै राय सल्लाहना चुनाबमा होमिनुभएको हो ।
त्यहाँका मतदाताले नै उहाँको सात मिनेटको रोचक र समसामयिक अभिव्यक्ति सुनेर चुनाबमा अघि सारेका हुन् । नेपालको नेपालगञ्जमा जन्मिनुभएकी स्नेहा पहिलादेखि नै अष्ट्रेलिया बस्दै आउनुभएको थियो । उहाँ त्यहाँको वासिन्दा भइसक्नुभएको छ । उहाँ सन् २०११ मा अस्ट्रेलिया जानुभएको थियो । उहाँ नेपालमा हुँदा रजिस्ट्रार्ड नर्स हुनुहुन्थ्यो । यतिमात्र होईन उहाँ अभिनेत्रीसमेत हुनुहुन्छ । उहाँले नाम चलेका विज्ञापन र म्युजिक भिडियोमा नेपाल हुँदा अभिनयसमेत गर्नुभएको थियो ।
पुर्व सञ्चारकर्मीसमेत रहनुभएकी उहाँले हिमालय टेलिभिजनमा समेत आबद्ध भएर काम गर्नुभएको थियो । उहाँले बिदेशमा हुँदा विभिन्न संघ संगठनमा आबद्ध रही नेतृत्वदायी भुमिका निर्वाह गरिसक्नुभएको छ । सामाज सेवा भनेपछि भुतुक्कै उहाँ राजनीतिका मध्यमबाट समाजसेवा गर्नुपर्छ र राजनीतिलाई सेवाका रुपमा लिनुपर्छ भन्ने धारणा राख्नुहुन्छ ।
राजनीति निस्वार्थ भावनाले जनताको सेवाका लागि गर्नुपर्छ, राजनीति कुनै पेशा होईन सेवा हो, राजनीति कुनै आयआर्जन र आम्दानीको श्रोत होईन, जीवनभर जनताको सेवक हुन्छु भन्नेले मात्रै राजनीतिमा लाग्नुपर्छ भन्ने उहाँको मान्यता छ ।
त्यहाँको स्वास्थ्य अवस्था सुधारका लागि आफू निर्वाचनमा होमिएको उहाँको भनाइ छ । ‘मलाई पहिला यहाँ आउँदा यो समाज व्यवस्थित लाग्थ्यो, तर काम गर्दै जाँदा यहाँ हरेक कुरामा अनियमितता हुने गरेको मैले देखे । म यहीँ ठाउँको बासिन्दा भइसकेपछि यो क्षेत्र सुधार गर्नु मेरो पनि दायित्व हो’, उहाँले भन्नुभयो ।
स्वास्थ्य संस्थामा हुने अनिमियताको सुधार आफ्नो पहिलो प्रथामिकता बताउने उहाँ स्वास्थ्य क्षेत्र सुधार गर्ने उद्देश्यसहित निर्वाचन होमिनुभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘म बिरामी भएर इमर्जेन्सीमा जाँदा रातभरी कुरेकी छु, यहाँ चिकित्सकको अभावका कारण बिरामीहरूले सास्ती खेप्दै आएका छन् । उपचारका लागि टाढा जानुपर्ने बाध्यता छ यो जटिल समस्या हटाउनुपर्छ भन्ने मेरो योजना हो ।’ आफू बस्ने ठाँउको अवस्था परिवर्तन गर्नु सवै नागरिकको कर्तव्य भएकाले आफस् चुनाब लड्न लागेको बताउने उहाँ यसमा कुनै भूगोल र नागरिकताले रोक्न नहुने धारणा राख्नुहुन्छ ।
अष्ट्रेलियामा आठ वटा प्रान्त छन् । अष्ट्रेलियान क्यपिटल ट्रेटोरीम २५ जना (MLA) ले सरकार बनाउने गरेका छन् । चुनावी प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार बाहेक इन्डिपेन्डेन्स फोर क्याम्बेरिय, लेबर, लिबरल, ग्रीन्स जस्ता अन्य पार्टीहरू छन् । स्नेहालता अष्ट्रेलिया अस्ट्रेलियान प्रान्तमा चुनाब लड्ने पहिलो महिला पनि हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच