![मालपोत कार्यालयका नासुविरुद्ध भ्रष्टाचार मुद्दा दायर](https://ehimalayatimes.com/wp-content/uploads/2023/04/akhtiyar.jpeg)
नेपालको साढे सात दशक लामो कम्युनिष्ट आन्दोलन किन पतनोन्मुख हुँदै गएको छ ? हजारौं नेपाली जनताको त्याग, बलिदान तथा देशको अर्बौं-खर्बौं सम्पतिका बाबजुद नेपाली समाजले के प्राप्त गर्यो । देशलाई के उपलब्धि भयो । जनताको आर्थिक र सामाजिक अवस्थामा के परिवर्तन आयो ? यसको जवाफ पक्कै पनि देशका कम्युनिष्टहरूसित छैन । कम्युनिष्टहरूको क्रान्तिकारी छवि ढोंगी चरित्रमा कसरी बदलिन गयो ? मुक्ति दिलाउने योद्धा कहलिएका कम्युनिष्टहरू जनताका नजरमा घृणित किन हुँदै गएका छन् । दलाल पुँजीवादको विरोध गर्ने नेपालका कम्युनिष्टहरू बिचौलियालाई नै आफ्नो भरपर्दो मित्र किन बनाएका छन् ? आर्थिक अनियमितता र भ्रष्टाचारका प्रकरणहरूमा कम्युनिष्ट नेताहरू चुर्लुम डुबेका छन् ।
ठगी, अपहरण, तस्करी, भ्रष्टाचार आदिका घटनामा कम्युनिष्ट नेता र तिनका सन्तान र पारिवारिक सदस्य पक्राउ हुनु दुर्भाग्यपूर्ण हो । यो सशस्त्र संघर्ष र शान्तिपूर्ण आन्दोलनको पनि अपमान त हो नै शहीदहरूको रगतको पनि अवमूल्यन हो । विसं २०१० सालको किसान आन्दोलन होस् अथवा झापाको नक्सल आन्दोलन र एक दशक लामो माओवादीको सशस्त्र संघर्ष यी सबैमा जनता केवल ठगिएका मात्रै छन् । नेपालमा कम्युनिष्टहरूको हिंसात्मक आन्दोलनको औचित्यको आजसम्म पुष्टि हुन सकेको छैन ।
जति बेला कम्युनिष्टहरू संघर्षमा हुन्छन् अनि तिनको प्राथमिकतामा गरिब जनता, दलित एवं सर्वहारा वर्ग रहेका हुन्छन् तर सत्ता र शक्तिमा पुग्ने बितिकै तीसितको नातालाई विच्छेद गर्छन् । नेपाली कम्युनिष्टहरूका लागि त्यो वर्ग चुनावमा भोट माग्ने र सडक आन्दोलन अथवा सशस्त्र संघर्षमा प्रयोगमा आउने वस्तुमात्रै ठहरियो ।
सर्वहारा, गरिब, मजदुर, दलित, उपेक्षित वर्ग र पीडितहरूको जनजीवनमा आमूल परिवर्तन (समग्र अवस्थामा परिवर्तन) ल्याइदिन प्रतिबद्धता व्यक्त गरेर नै नेपालका कम्युनिष्टहरू सोझा नेपाली जनतालाई आफूतिर तान्दै आएका छन् । कम्युनिष्ट नेताहरूको मीठो, आकर्षक र क्रान्तिकारी नारा सुनेर नेपाली जनता तीमाथि विश्वास गरी आफ्नो जीउ–ज्यान गुमाउन पनि तयार रहन्छन्, त्याग र बलिदान गर्छन् तर तिनको जीवनस्तरमा परिवर्तन आउन सकेन । विसं २०१० सालमा भएको किसान आन्दोलन होस् २०२८-३० को झापाको नक्सल आन्दोलन जसले नेकपा मालेलाई जन्म दिएका थियो । माओवादीको एक दशक लामो सशस्त्र संघर्ष सफलताको लाभ केही सीमित नेताहरूलाई त अवश्य नै भएको थियो तर आमजनता, गरिब, मजदुर एवं सर्वहारा वर्गलाई यसबाट लाभ पुगेन ।
नेकपा एमालेका नेताहरूले त झापा आन्दोलनलाई औचित्यहीन स्वीकार पनि गरिसकेका छन् तर एमालेको यस स्वीकारोक्तिपश्चात त्यस आन्दोलनमा ज्यान गुमाएका र भएका धनजनको क्षतिको भरपाई त सम्भव छैन नि ? नेकपा माओवादीको एक दशक लामो सशस्त्र संघर्षमा देशका सोझा एवं गरिब जनता तथा बेरोजगार युवाहरूलाई भाषिक, लैंगिक, सांस्कृतिक जातीय एवं वर्गीय उत्पीडनबाट मुक्ति दिलाउने तथा आत्मनिर्णयको अधिकारसहित स्वायत्त शासन देशमा कायम गर्ने वाचा गरेका थिए । स्वायत्त इकाइहरू अधिकार सम्पन्न हुने आश्वासन पनि बाँडिएको थियो तर जतिबेला संविधान निर्माण गर्न सक्ने अवस्थामा माओवादी र मधेसी थिए त्यतिबेला त उनले सत्तालाई प्रधान महत्व दिए ।
विगत १८ वर्षदेखि माओवादीको प्राथमिकता पनि यसै विषयमा रहिआएको छ । सत्ताविना बाँच्न नसक्ने रोगबाट यो पनि ग्रसित भइसकेको छ । नेपाली जनताले व्यवहारमै माओवादी नेताका अवसरवाद हेरेका छन् । सत्ता लोलुपता र धन सञ्चयको प्रवृत्ति देखेका छन् । ठेकेदार, बिचौलिया र पुँजीपतिहरूसँग उठबस, सहकार्य र व्यवहार पनि देखेका छन्, यस्तोमा आखिर नेपालका जनताले देशका कम्युनिष्ट नेताहरू माथि किन विश्वास गर्ने ? अब जातिवाद र परिवारवाद पनि हावी भइसकेको छ । संकट र संघर्षका दिनमा ज्यान गुमाएकाहरूका पारिवारिक सदस्य वैदेशिक रोजगारमा जान बाध्य भएका छन् ।
जति बेला कम्युनिष्टहरू संघर्षमा हुन्छन् अनि तिनको प्राथमिकतामा गरिब जनता, दलित एवं सर्वहारा वर्ग रहेका हुन्छन् तर सत्ता र शक्तिमा पुग्ने बितिकै गरिब, दलित, सर्वहारा, उपेक्षित, पीडितहरूसितको नातालाई विच्छेद गर्छन् । नेपाली कम्युनिष्टका लागि त्यो वर्ग चुनावमा भोट माग्ने र सडक आन्दोलन अथवा सशस्त्र संघर्षमा प्रयोगमा आउने वस्तुमात्रै ठहरियो । नेपालका अन्य राजनीतिक दलहरूजस्तै यहाँका कम्युनिष्ट पनि सत्ताविना बाँच्नै नसकिने अवस्थामा पुगिसकेका छन् । यस सत्ता केन्द्रित मानसिकताले तिनको लोकप्रियतामा निरन्तर ह्रास ल्याइरहेको छ ।
धर्मलाई अफिम ठान्ने कम्युनिष्टहरू अब मन्दिर जान थालेका छन् । पूजा गर्न थालेका छन्, टीका लगाउन थालेका छन्, मन्त्री हुने बित्तिकै दक्षिणकालीमा बोकाको बलि दिने काम भइरहेकै छ । नेपालका कम्युनिष्ट नेताहरूमा ढोंग बढी देखिन्छ ।
कम्युनिष्ट नेता र कम्युनिष्ट पार्टीहरूले नेपाली जनताको ठूलो क्षति पुर्याएकोमा नेपाली जनता एकमत रहे पनि जसरी बलिरहेको दियोलाई कुनै मीठो खाद्य पदार्थ ठानेर भमराहरू त्यसको वरिपरि टाँसिन लालायित हुन्छन्, टाँसिन्छन् पनि र जलेर भष्म हुन्छन्, त्यसरी नै नेपाली जनता पनि कम्युनिष्ट पार्टीको आकर्षणवाट मुक्त हुन सकिरहेका छैनन् जबकि कम्युनिष्टले तिनको ठूलो क्षति पु¥याएको छन् । कम्युनिष्ट सत्तामा पुगेपछि दुर्गन्धित भएका छन् । राष्ट्रिय सम्पतिको दोहनको मामिलामा अग्रणी देखिएका छन् । नातावाद, परिवारवाद र आसेपासेलाई प्राथमिकता दिनु तिनको अभिष्ट बन्न गएको छ । सल्लाहकार र विज्ञहरूको ठाउँमा नियुक्त गर्दा सकभर आफ्नो परिवार र नातेदार त्यो पनि सम्भव नभए पार्टीभित्रका बफादारलाई अवसर दिने गरिन्छ ।
नेपालका प्रायः सबैजसो राजनीतिक दलहरूमा यो कमी कमजोरी देखिए पनि माओवादी र कम्युनिष्ट पार्टीमा यो बढी देखिन्छ । नेपालमा विगत चार पाँच दशकमा उदाएका कम्युनिष्ट नेताहरूमध्ये अधिकांश निम्नमध्यम वर्गीय पारिवारिक पृष्ठभूमिबाट आएका थिए तर अब उनीहरूले अभिजात्य वर्गलाई पनि मात गरिसकेका छन् । तिनका घरमा एक से एक अत्याधुनिक भौतिक साधनको भरमार रहेको पाउन सकिन्छ । एउटै पार्टीभित्र एकथरि मालिक र अर्काथरि ‘दास वर्गको हैसियतमा रहेका छन् । विगतमा विलासिताका साधनको चर्को विरोध गर्ने नेपालका कम्युनिष्ट नेताहरू अब स्वयं नै विलासितापूर्ण जीवन बिताइरहेका छन् ।
न्यूनत्तम आवश्यकताबाट पनि चित्त बुझाउने जीवन शैलीलाई आत्मसात गर्न अब कम्युनिष्ट नेताहरू तयार छैनन् । नेपालका अधिकांश कम्युनिष्ट नेताहरूको जीवन घर, गाडी सम्पति तिनको दैनिक जीवनशैली अब कुनै सामन्तको भन्दा कम देखिँदैन । सामन्तविरुद्धको लडाइँ लडेर सशस्त्र संघर्ष गर्ने नवसामन्त बन्न पुगेका छन् र यो प्रतिस्पर्धा अझै जारी छ ।
धर्मलाई अफिम ठान्ने कम्युनिष्टहरू अब मन्दिर जान थालेका छन् । पूजा गर्न थालेका छन्, टीका लगाउन थालेका छन्, मन्त्री हुने बित्तिकै दक्षिणकालीमा बोकाको बलि दिने काम भइरहेकै छ । नेपालका कम्युनिष्ट नेताहरूमा ढोंग बढी देखिन्छ । भनाइ र गराइमा एकरूपमा छैन । उनीहरू देशको आर्थिक विकासप्रति पनि संवेदनशील छैनन् । उत्तरी छिमेकी चीनको पक्षमा र अन्य देशहरूको विपक्षमा उभिनु त तिनको स्वाभाविक चरित्र नै हो । विसं २०५० सालमा अरुण दोस्रो जलविद्युत् परियोजनाको निर्माणको विषय चर्चामा आउँदा कम्युनिष्टहरूले चर्को विरोध गरी त्यसलाई रोक्न लगाएका थिए ।
करिब २५ वर्षपश्चात् यस दिशामा काम अगाडि बढाइएको छ । १९ घण्टासम्म लोडसेडिङ बोकेको नेपाल बल्ल लोडसेडिङ मुक्त हुन थालेको छ । भारतबाट निरन्तर रूपमा बिजुली आयात भइरहेका कारण नेपालले अब ऊर्जा संकट भोग्नुपर्ने छैन । कम्युनिष्टहरूको अनावश्यक बन्द, हड्ताल, चन्दा आतंकका कारण पनि उद्योगपतिहरू नेपाल आउन चाहिरहेका छैनन् । यसरी नेपालका कम्युनिष्टहरूले नेपाली जनताको विश्वास गुमाउँदै गएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच