काठमाडौं । भारतमा लोसभाको निर्वाचनमा ११ जनाले जित हासिल गरेका छन् । भारतीय आमनिर्वाचन २०२४मा ५४३ सिटका लागि १५ जना सेलिब्रेटी चुनावी मैदानमा रहेकोमा ११ जनाले जित हासिल गरेका हुन् । विजेताहरूमा कंगना रनौत, हेमा मालिनी, शत्रुघन सिन्हा, रवि किशन, मनोज तिवारीलगायत रहनुभएको छ ।
भारतमा कलाकार तथा खेलाडीहरूप्रति आममानिसको क्रेज लोभलाग्दो छ । सेलिब्रेटी कलाकार तथा खेलाडीहरू राजनीतिमा प्रवेश गरेपछि सफल भएका प्रशस्त उदाहरण पनि छन् । यसपालिका निर्वाचनमा पनि १५ भन्दा बढी कलाकार चुनावी मैदानमा रहेकोमा ११ जनाले आफ्नो विजयको झण्डा फहराएका छन् ।
वरिष्ठ बलिउड अभिनेत्री हेमा मालिनी दुई लाख ९३ हजार ४०७ मत ल्याएर विजयी हुनुभयो । यस्तै, रनौतले हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट पाँच लाख ३७ हजार ०२२ मत ल्याएर जित हासिल गर्नुभयो । शत्रुघन सिन्हाले पश्चिम बंगालको आसनसोल निर्वाचन क्षेत्रबाट ६ लाख पाँच हजार ६४५ मत ल्याएर विजयी हुनुभयो भने चर्चित टेलिभिजन शो रामायणमा रामको भूमिका निभाउनुभएका अभिनेता अरुण गोविल उत्तर प्रदेशको मेरठबाट विजयी हुनुभयो । उहाँले पाँच लाख ४६ हजार ४६९ मत ल्याएर विजयी हुनुभयो ।
त्यस्तै, अभिनेता तथा पाश्र्व गायक सुरेश गोपीले केरलाको त्रिशुर क्षेत्रबाट जित हासिल गर्नुभयो भने उत्तरपूर्वी दिल्ली क्षेत्रबाट भोजपुरी संगीत क्षेत्रका चर्चित गायक मनोज तिवारीले जित आफ्नो नाममा दर्ता गर्नुभयो । यस्तै, उत्तर प्रदेशको गोरखपुर क्षेत्रमा भोजपुरी स्टार रवि किशन विजयी हुनुभयो । अभिनेत्री सयोनी घोष पश्चिम बंगालको जादवपुर क्षेत्रबाट जित दर्ता गर्नुभयो भने बंगाली सिनेमाकी अभिनेत्री शताब्दी रोयले पश्चिम बंगालको वीरभूममा आफ्नो जितको झण्डा फहराउनुभयो ।
यसैगरी, बंगाली अभिनेत्री रचना बनर्जी पनि पश्चिम बंगालको हुगली क्षेत्रबाट लोकसभा सांसदमा विजयी हुनुभयो भने बंगाली सिनेमामा देव भनेर चिनिने अभिनेता अधिकारी दीपकले पनि पश्चिम बंगालको घाटाल क्षेत्रमा चुनाव जित्नुभयो ।
भारतको यसपालिको लोसभाको निर्वाचनमा कलाकारले आफ्नो विजयको झण्डा फहराइ रहँदा केही भने पराजयको शिकार हुनुभयो । यसपालिको लोकसभा निर्वाचनमा बलिउडका वरिष्ठ अभिनेता राज बब्बरले हरियाणाको गुरगाउँबाट चुनाव हार्नुभयो । भारतीय कंग्रेसबाट टिकट पाउनुभएका उहाँलाई बीजेपीका नेता राव इन्दरजित सिंहले ७५,०७९ मतान्तरले पराजित गर्नुभएको थियो ।
यस्तै, भोजपुरी स्टार पवन सिंह बिहारको कराकट क्षेत्रमा १,०५,८५८ मतान्तरले पराजित हुनुभयो । उहाँलाई स्वतन्त्र उम्मेदवारी दिनुभएका पवन भारतीय कम्युनिष्ट पार्टी मालेका नेता राजाराम सिंहसँग पराजित हुनुभयो ।
त्यस्तै, बीजेपीबाट चुनाव लडनुभएका दिनेशलाल यादव निरहुआ १,६१,०३५ मतान्तरले समाजवादी पार्टीका नेता धर्मेन्द्र यादवसँग पराजित हुनुभयो ।
भारतमा कलाकार तथा खेलाडीहरूप्रति आममानिसको क्रेज लोभलाग्दो छ । सेलिब्रेटी कलाकार तथा खेलाडीहरू राजनीतिमा प्रवेश गरेपछि सफल भएका प्रशस्त उदाहरण पनि छन् । यसपालिका निर्वाचनमा पनि १५ भन्दा बढी कलाकार चुनावी मैदानमा रहेकोमा ११ जनाले आफ्नो विजयको झण्डा फहराएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच