
स्याङ्जा जिल्लामा यतिबेला विद्युत अनियमित भएर निकै समस्या खेप्न परेको सर्वसाधारणले गुनासो गरेका छन् । विद्युत लाइन पटक पटक आउने जाने भएका कारण नागरिकको गुनासो चुलिएको छ ।
विद्युत अनियमित भएपछि अफिसमा काम गर्ने व्यक्तिहरु देखि व्यावसायी तथा सर्वसाधारणका सामान्य काममा समेत अवरोध भइरहेका कारण उपभोक्ताको गुनासो र आक्रोश बढेको हो ।
स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिका वडा नं ५ का अशोक पौडेलले भन्नुभयो, 'लाइन कतिबेला आउँछ कतिबेला जान्छ भन्ने टुङ्गो नै हुँदैन, यसका कारण घर्यानसी कामकाजमा समेत असर पुगेको छ । ’ त्यस्तै पुतलीबजार ११ का नारायण रेग्मीले भन्नुभयो ’केटाकेटीले पढ्न समेत पाएनन् झ्याप्प झ्याप्प बत्ती आउने जाने समस्याले हैरान परियो ।’
विद्युत वितरण केन्द्र स्याङ्जामा पनि विद्युत आउने जाने भइराखेपछि ग्राहकको गुनासो अघिपछिभन्दा बढिरहेको छ ।
विद्युत लाइन अनियमित हुनुको कारणबारे नेपाल विद्युत प्राधिकरण स्याङ्जा वितरण केन्द्रका प्रमुख रमेश बञ्जाडेलाई सोध्दा उहाँले स्याङ्जामा मात्र नभएर माथिकै सिस्टमको समस्याका कारण विद्युत अनियमित भएको बताउनुभयो ।
उहाँले वर्षाको बेला हावाहुरी आइराखेका कारण लाइन अवरुद्ध हुनाले फेरि लाइन सुचारु गर्न लाइन परीक्षण गर्दै चलाउनु पर्ने भएकाले पनि समस्या भएको बताउनुभयो ।
उहाँले भन्नुभयो ’सबस्टेसनको ब्रेकर खराब भएको कारण लाइन गाभेर चलाउनु पर्ने अवस्था भएको र ब्रेकर मर्मतको काम भइरहेको छ । ’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच